पोखरा । पोखरामा २१ औँ संस्करणको खुल्ला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप सुरु भएको छ । नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा सुरु भएको यस प्रतियोगिताको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गरे । उद्घाटनका क्रममा नगर प्रमुख आचार्यले पोखराको पर्यटनमा प्याराग्लाइडिङ मेरुदण्डका रूपमा रहेको बताए । उनले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै प्याराग्लाइडिङ विस्थापित हुने जोखिम बढे पनि यसलाई निरन्तरता दिन विभिन्न प्रयास भइरहेको बताए । ‘विमानस्थलका कारण संकटमा परेको यो व्यवसायलाई पुनः सञ्चालन गर्न विभिन्न चरणमा समाधानमुखी छलफल गरिरहेका छौँ,’…
पुरा पढौ