खेलकुद

टी–२० विश्वकपमा नेपालको लज्जास्पद हार

आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल इटलीसँग १० विकेटले पराजित भएको छ । नेपालले आज व्याटिङ र बलिङ दुबैमा कमजोर प्रदर्शन गर्‍यो । टस हारेर पहिले व्याटिङको निम्तो पाएको नेपालले  एक सय २३ रनको योगफल बनाएको थियो। भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा नेपालले १९ दशमलव तीन ओभरमा सबै विकेट गुमाएर एक सय २३ रन मात्र जोड्न सक्यो। नेपालका लागि आरिफ शेखले सर्वाधिक २७ रन बनाए । यस्तै, रोहित पौडेलले २३ र आसिफ शेखले २० रन बनाए भने दीपेन्द्रसिंह ऐरी… पुरा पढौ

नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य

आइसिसी टी-२० विश्वकपअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले इटालीलाई १२४ रनको लक्ष्य दिएको छ। मुम्बईस्थित वानखेडे रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले तीन बल अगावै अल आउट हुँदा मात्र १२३ रनको योगफल बनाएको हो। नेपालका लागि आरिफ शेखले सर्वाधिक २७ रन बनाए। उनले २४ बलमा ३ चौका प्रहार गरे। ओपनर आसिफ शेखले २० रन बनाए। कप्तान रोहित पौडलले २३, दीपेन्द्र सिंह ऐरीले १७ रन बनाए। त्यसपछि आएका ३ ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। १५.३ ओभरमा ५ विकेटको क्षतिमा १००… पुरा पढौ

आईसीसी टी–२० विश्वकप : नेपाल इटालीसँग भिड्दै

आईसीसी टी–२० पुरुष विश्वकप क्रिकेटको दोस्रो खेलमा नेपालले बिहीबार इटालीसँग प्रतिस्पर्धा गर्दैछ। पहिलो खेलमा इंग्ल्यान्डसँग चार रनको हारको सामना गरेको नेपाल दोस्रो खेलमा जित निकाल्ने लक्ष्यका साथ अहिले अभ्यासमा व्यस्त छ । नेपाल र इटालीको खेल भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा बिहीबार दिउँसो ३:१५ बजे सुरु हुँदैछ। पहिलो खेलमा इंग्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपाल चार रनले चुकेको हो। नेपालले २० ओभरको समाप्तिमा ६ विकेटको क्षतिमा १८० रन बनाएको हो। भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गरेको अईसीसी टी–२० विश्वकप… पुरा पढौ

इटालीलाई ७३ रनले हराउँदै स्कटल्यान्ड विजयी

आइसिसी पुरुष विश्वकप क्रिकेट प्रतियोगितामा स्कटल्यान्डले इटालीलाई ७३ रनले पराजित गरेको छ । भारतको कोलकतास्थित इडेन गार्डेनमा आज भएको खेलमा जितका लागि २०८ रनको लक्ष्य पछ्याएको इटाली १६ दशमलव ४ ओभरमा १३४ रन बनाउँदै अलआउट भयो । उसका लागि बेन मनान्तीले अर्धशतकीय पारी खेले । उनले ३१ बल खेल्ने क्रममा एक छक्का र पाँच चौकासहित ५२ रन बनाए । साथै ह्यारी मनान्तीले ३७, जेजे स्मुल्सले २२ र एन्थोनी मोस्काले १३ रन बनाए । स्कटल्याण्डको जितमा मिचल लिस्कले चार विकेट लिए… पुरा पढौ

रोमाञ्चक खेलमा नेपाल इंग्ल्यान्डसँग ४ रनले पराजित

नेपाल आईसीसी टी–२० विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा जित नजिक पुगेको नेपाल इङ्ल्यान्डसँग ४ रनले पराजित भएको छ । अत्यन्त रोमाञ्चक खेलमा इंग्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याउँदा नेपालले २० ओभरमा ६ विकेट गुमाएर १८१ रन मात्र बनाउन सक्यो । जित नजिक पुगेको नेपाल इङ्ल्यान्डसँग ४ रनले पराजित भएको हो। पुरा पढौ

इङ्ल्याण्डले दियो नेपाललाई १८५ रनको लक्ष्य

आइसिसी टी-२० विश्वकप क्रिकेटमा इंग्ल्याण्डले नेपाललाई १८५ रनको लक्ष्य प्रस्तुत गरेको छ । भारतको मुम्बईस्थित वानखेडे रंगशालामा जारी खेलमा इङ्ल्याण्डले ७ विकेटको क्षतिमा १८४ रनको योगफल बनाएको हो । टस जितेर इङ्ल्याण्डले नेपाललाई फिल्डिङको निम्तो दिएको थियो । पुरा पढौ

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध पहिला बलिङ गर्दै नेपाल

आइसिसी पुरुष टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले इङ्ल्यान्डविरुद्ध पहिला बलिङ गर्ने भएको छ । भारतको मुम्बईस्थित वानखडे स्टेडियममा इङ्ल्यान्डका कप्तान ह्यारी ब्रुकले टस जितेर पहिला व्याटिङ रोजेका छन् । नेपालले दुई पटकको च्याम्पियन इङ्ल्यान्डसँग खेल्दै यसपटकको विश्वकपको यात्रा सुरुवात गर्न लागेको हो । नेपालले यसअघि सन् २०१४ बंगलादेशमा र सन् २०२४ मा अमेरिकामा भएको विश्वकपमा सहभागिता जनाएको थियो । दुवै पटकको विश्वकपमा नेपालले समूह चरण पार गर्न सकेको थिएन । नेपालको प्लेइङ ११ मा कुशल भुर्तेल, आसिफ… पुरा पढौ