खेलकुद

आठ ओभरमा सीमित खेलमा नेपालविरुद्ध ब्याटिङ गर्दै साउदी अरेबिया

काठमाडौँ, ५ वैशाख । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र साउदी अरेबियाबीचको खेल वर्षाको प्रभावित भएपछि आठ ओभरमा झारिएको छ । भर्खरै सुरु भएको खेलमा टस हारेर साउदी अरेबिया ब्याटिङमा उत्रिएको छ । समूह ‘ए’मा रहेको नेपालले यसअघि खेलेको तीन वटै खेलमा जित हात पारेको छ । नेपालले पहिलो खेलमा मलेसियालाई पाँच विकेट, दोस्रो खेलमा कतारलाई ३२ रन र तेस्रो खेलमा हङकङलाई आठ विकेटले पराजित गरेको थियो । आजको खेलमा साउदी अरेबिया हराउँदै नेपाल आफ्नो अपराजित यात्रालाई कायमै राख्ने… पुरा पढौ

हङकङमाथि नेपालको सानदार जीत, नेपाल एसिसी प्रिमियर कपको सेमिफाइनलमा

काठमाडौँ, ३ चैत । नेपाल एसिसी पुरुष प्रिमियर कप टि-ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा हङकङलाई हराउदै नेपाल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । ओमानको अल इमिरेट्स क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले हङ्कङलाई आठ विकेटले पराजित गरेपछि समूह चरणको एक खेल अगावै समूह ‘ए’बाट सेमिफाइनमा पुगेको हो । प्रतियोगितामा ६ अङ्क बटुल्दै नेपाल समूह ‘ए’को शीर्ष स्थानमा छ । यसअघि नेपालले पहिलो खेलमा मलेसियालाई पाँच विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा कतारलाई ३२ रनले… पुरा पढौ

नेपाललाई हङकङले दियो १ सय १५ रनको लक्ष्य

ओमानमा चलिरहेको एसीसी प्रिमियर कप क्रिकेटमा हङकङले नेपाललाई १ सय १५ रनको लक्ष्य दिएको छ । अल अमिरात क्रिकेट ग्राउन्ड (मिनिस्ट्री टर्फ १) मा टस हारेर ब्याटिङ गरेको हङकङ १७ ओभर ५ बलमा १ सय १४ रनमा अल आउट भयो । हङकङका यान्शे रथले सबैभन्दा धेरै ३४ रन बनाए । नेपालका अविनाश बोहराले ३, ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले समान २ तथा करण केसीले १ विकेट लिए । वर्षाका कारण खेल प्रभावित भएपछि १८ ओभरमा झारिएको थियो । हङकङलाई पराजित… पुरा पढौ

एसिसी प्रिमियर कपः नेपालले आज हङकङसँग खेल्ने

काठमाडौँ, ३ वैशाख । एसिसी पुरुष प्रिमियर कपअन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेल हङकङसँग खेल्ने भएको छ । ओमानको अल अमेरत क्रिकेट मैदानमा उक्त खेल बिहान ११ः१५ बजे सुरु हुनेछ । आजको खेल जितेमा नेपालले सेमिफाइनलको यात्रा तय गर्ने छ । नेपाल समूह ‘ए’ मा रहेको छ । उक्त समूहमा साउदी अरब, मलेसिया, हङकङ र कतारसमेत छन् । नेपाल चार अङ्कका साथ समूह ‘ए’को शीर्ष स्थानमा छ । नेपालले हालसम्म खेलेका दुवै खेलमा जित हासिल गरेको छ । नेपाल पहिलो… पुरा पढौ

लेखनाथ हाफ म्याराथनः सेनाका सञ्जयलाई उपाधि

कास्की, १ वैशाख । नेपाली नयाँ वर्ष २०८१ को अवसर पारेर पोखरा महानगरपालिका खेलकुद विकास समितिले आज पोखराको साविक लेखनाथमा ‘लेखनाथ हाफ म्याराथन’ सम्पन्न गरेको छ । दोस्रो संस्करणका रूपमा आयोजना गरिएको लेखनाथ हाफ म्याराथनको उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले जीत हात पारे । श्रेष्ठले निर्धारित २१ किमी दूरीको दौड एक घण्टा चार मिनेट ४७ सेकेण्डमा पूरा गरी उपाधिसहित नगद रु ६० हजार, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्न सफल भए । यसैगरी सशस्त्र प्रहरी बलका किरण… पुरा पढौ

एसीसी प्रिमियर कपको दोस्रो खेलमा पनि नेपाल विजयी, कतार ३२ रनले पराजित 

काठमाडौँ, १ वैशाख । एसिसी मेन्स प्रिमियर कप अन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपालले कतारलाई ३२ रनले पराजित गरेको छ । ओमानको अल अमेरत क्रिकेट मैदानमा आज भएको खेलमा जितका लागि दुई सय ११ रनको लक्ष्य पछ्याएको कतार निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ७८ रनमा समेटियो । उसका लागि कप्तान मुहम्मद तनभिरले अर्धशतकीय पारी खेले । उनले ३३ बलमा चार चौका र छ छक्काको सहयोगमा ६३ रन बनाए । साथै मोहम्मद अहनाफले २३, हिमांशु राठोरले २२, अदनान मिर्जाले… पुरा पढौ

एसिसी प्रिमियर कपः पहिलो खेलमा नेपाल विजयी

काठमाडौँ, ३० चैत । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल विजयी भएको छ । नेपालले मलेसियालाई पाँच विकेटले पराजित गरेको हो । ओमानको अल अमेरत क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै नेपालसामु जितका लागि एक सय ४४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । सो विजयी लक्ष्य नेपालले १९ दशमलव दुई ओभरमा पाँच विकेटको क्षतिमा पुरा ग¥यो । नेपालका लागि आशिफ शेखले ३२, कप्तान रोहितकुमार पौडेलले २८, कुशल भुर्तेलले २४,… पुरा पढौ