सूचना प्रविधि

मिथुन उल्कावर्षा मङ्सिर २८ गते रातभर सक्रिय रहने

मङ्सिर १९ देखि सक्रिय रहेको मिथुन उल्का वर्षा मङ्सिर २८ गते राति अत्यधिक सक्रिय रहने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । अत्यधिक सक्रिय समयमा प्रतिघण्टा १५० वटासम्म उल्का देख्न सकिने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले राससलाई जानकारी दिए । यो मिथुन उल्का वर्षा क्षुद्रग्रह तीन हजार २०० फेथनले अन्तरीक्षमा छाडेका स–साना धुलाका कण तथा पदार्थले सूर्यलाई परिक्रमा गर्ने क्रममा पृथ्वीको नजिक हुँदा वायुमण्डलको करिब ७० किलोमिटरमाथि जलेर देखिने जनाइएको छ । उल्का वर्षाको समयमा उल्का मिथुन राशिबाट निस्किए जस्तो देखिने हुनाले… पुरा पढौ

आजको मौसम अनुमानः देशभर चिसो बढ्ने, केही ठाउँमा वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले आज बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार देशका धेरै स्थानको वायुको तापक्रममा गिरावट आउनुको साथै तराईमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेको बताएको छ ।साथै प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना भएको जनाएको छ । यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमानशुक्रवार देशका पहाडी भू–भागहरूमा आंशिक देखि सामान्य बदली रहनेछ भने बाँकि स्थानहरुमा आंशिक बदली रहनेछ । प्रदेश नं… पुरा पढौ

चीनको चाङ्ग–अ फाइभ चन्द्रमामा सफल अवतरण

चीनले सफलतापूर्वक अर्को अन्तरिक्ष यानलाई चन्द्रमामा उतारेको छ। उसको रोबोटिक चाङ्ग–अ फाइभ अभियान अन्तर्गत गए राति उक्त यान चन्द्रमाको सतहमा अवतरण गरेको हो। चीनको पछिल्लो चन्द्र अभियानको उद्देश्य त्यहाँबाट चट्टान तथा धूलो सङ्कलन गरेर पृथ्वीमा फर्कनु हो। उसको अभियानले मन्स रुम्केर भनिने उच्च ज्वालामुखी क्षेत्रलाई निशानामा पारेको छ। चन्द्रमाको सतहमा अवतरण गरेको अन्तरिक्ष यानको ल्यान्डर भनिने भागले त्यहाँ केही दिन वरपरको क्षेत्र अवलोकन गरेर अनि सामग्रीहरू सङ्कलन गरेर बिताउनेछ । ल्यान्डरमा क्यामेरा, स्पेक्ट्रोमिटर तथा रेडार जस्ता यन्त्र जडित छ। उसले… पुरा पढौ

चार लाख शब्द समावेश भएको संस्कृत-नेपाली विद्युतीय शब्दकोश सार्वजनिक

काठमाडौँ । स्वामी केशवानन्द गिरिले विश्वमै ठूलो संस्कृत-नेपाली विद्युतीय शब्दकोश निर्माण गरी सार्वजनिक गरेका छन्। यो विद्युतीय शब्दकोशबाट संस्कृत, नेपाली, हिन्दी र अङ्ग्रेजी चार भाषाका शब्दको अर्थ थाहा पाउन सकिन्छ। शब्दकोशमा चारवटै भाषाका गरी चार लाख शब्दको अर्थ समावेश गरिएको छ। शब्दकोष एण्ड्रोइड मोबाइलमा डाउनलोड गरी उपयोग गर्न सकिन्छ। यसैगरी वेबसाइटमा केएन स्वामी डटकममा गएपछि चार भाषाका करिब चार लाख शब्द खोज्न सकिने शब्दकोश निर्माणकर्ता स्वामी केशवानन्दले जानकारी दिए। यी चार भाषाका शब्द ‘फूल टेक्स्ट’ खोज्न यो एप र वेबसाइट… पुरा पढौ

दक्षिण कोरियाद्वारा मानवरहित हवाई ट्याक्सीको परीक्षण

दक्षिण कोरियाले मानवरहित हवाई ट्याक्सी सेवाको परीक्षण गरेको छ। यहाँको भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयको विज्ञप्तिअनुसार कुल ६५० केजी तौलको उक्त इलेक्ट्रिक हवाई ट्याक्सीमा दुई सिट रहेको छ। ट्याक्सीले १३० किलोमिटरको गतिमा उडान भर्न सक्ने जनाइएको छ। परीक्षणमा प्रयोग भएका मानवरहित हवाई ट्याक्सीको नाम EHang 216 दिइएको छ । उक्त परीक्षणमा छवटा हवाई ट्याक्सी परीक्षण गरिएको थियो । ती हवाई ट्याक्सीलाई चिनियाँ पाइलटलेस एयर ट्याक्सी फर्म इहाङले बनाएको हो । ड्रोन ट्याक्सी कार्यक्रमले शहरी हवाई गतिशीलताको विकास गर्ने, भूमिगत यातायातको… पुरा पढौ

सञ्चार प्रविधिमा सबल बन्दै मर्दि हिमाल पदमार्ग

पछिल्लो समय आन्तरिक र बाह्य पर्यटकको रोजाईमा परेको मर्दि हिमाल पदयात्रा पदमार्गमा बर्षेनी हजारौं पर्यटक, भरिया, सहयोगीहरु तथा पथ प्रदर्शकहरु जाने गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र भित्र पर्ने यस पदमार्गमा वर्षेनी होटल तथा गेष्टहाउसहरु थपिने तथा स्तरोन्नती हुने क्रम पनि जारि छ । गण्डकी प्रदेशको राजधानी तथा पर्यटकीय नगरी पोखरावाट नजिकैको गन्तब्य भएपनि मोवाइल तथा टेलिफोनको सुविधा भने यस पदमार्गको सबै स्थानहरुमा थिएन । त्यस अर्थमा सुगम कास्की जिल्लाको यस क्षेत्र प्रबिधिमा दुर्गम स्थान भन्दा कुनै फरक पर्दैनथ्यो ।… पुरा पढौ

चन्द्रमाको सतहमा पहिला सोचिए भन्दा धेरै पानी फेला पर्नुको महत्त्व के?

अमेरिकी अन्तरिक्ष संस्था नासाका वैज्ञानिकहरूले चन्द्रमाको सतहमा पहिला सोचिएभन्दा पानीको मात्रा बढी भएको खुलासा गरेका छन । अनुसन्धानकर्ताहरूले चन्द्रमाको सतहमा कुनाकुनामा प्राचीन बरफको सानासाना थुप्रै टुक्राहरू भएको पत्ता लागेको बताएका हुन् । उनीहरूका अनुसार ती प्राचीन बरफमा अर्बौं वर्षदेखि प्रत्यक्ष घामका किरण परेको छैन। नयाँ अनुसन्धानले चन्द्रमाको सतहको करिब ४० हजार वर्ग किलोमिटर क्षेत्रमा पानी यसैगरी रहेको हुनसक्ने अनुमान गरेको छ । यो खोजले भविष्यमा अन्तरिक्षयात्रीका लागि ताजा पानीको स्रोत बरफ हुनसक्ने सम्भावना देखाएको छ । पानी रहेको स्पष्ट रूपमा… पुरा पढौ