पर्यटन

मुस्ताङस्थित रानीपौवा बजार पर्यटनले गुल्जार भइरहँदा ‘झारकोट’ ओझेलमा

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ पर्यटन विकासको प्रचुर सम्भावना हुँदाहुँदै ओझेल परेको छ । मुक्तिनाथ मन्दिर नजिकै एउटा वडामा रहेको पुराना रानीपौवा बजार पर्यटनले गुल्जार भइरहँदा यहाँको सबैभन्दा पुरानो ऐतिहासिक सांस्कृतिक गाउँ ‘झारकोट’ पर्यटन प्रवर्द्धन र विकासमा भने पछि परेको हो । वारागुङ मुक्तिक्षेत्रस्थित मुक्तिनाथ मन्दिरको काखैमा चारवटा गाउँ छन्, यसमध्ये सबैभन्दा बाक्लो बस्ती र पुरानो गाउँ हो झारकोटगाउँ । यहाँस्थित मुक्तिनाथको काखमा झारकोटसहित पुराङ रानीपौवा, खिङ्गा… पुरा पढौ

आज अन्तर्राष्ट्रिय पर्वत दिवस मनाइँदै

काठमाडौँ । हिमनदी पग्लिँदा पहाड तथा पर्वतीय जीवनमा पर्ने प्रभाव, पर्वतीय विकासका अवसर र चुनौतीबारे जनचेतना बढाउने तथा विश्वभर पर्वतीय समुदाय एवं वातावरणका पक्षमा सकारात्मक परिवर्तन ल्याउन सहकार्य निर्माण गर्ने उद्देश्यका साथ आज विश्वका विभिन्न मूलकमा अन्तर्राष्ट्रिय पर्वत दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २००३ देखि हरेक वर्ष ११ डिसेम्बरमा यो दिवस राष्ट्रसंघका अधिकांश सदस्य देशमा यो दिवस मनाइने गरेको छ । रोमस्थित राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ)को प्रधान कार्यालयमा  आज पर्वतीय जीवन, हिमनदी तथा पर्यावरणसम्बन्धी प्रवचन,… पुरा पढौ

दरबारको सौन्दर्यीकरणपछि पर्यटकको आकर्षण बढ्दै

बागलुङ, २५ मंसिर । एक सय वर्ष पुरानो बागलुङको ऐतिहासिक गलकोट दरबार अवलोकन गर्ने आन्तरिक पर्यटकको संख्या एक वर्षमै २० हजार पुगेको छ । यहाँको पुरानो सदरमुकाम रहेको गलकोटको हरिचौर बजारस्थित दरबारको संरक्षणसँगै दरबार क्षेत्रलाई थप सौन्दर्य बनाएपछि यहाँ आन्तरिक पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको हो । दरबार संरक्षण अभियानमा लागिरहेका मन्जेस बम मल्लका अनुसार दरबारको सौन्दर्यीकरण र यहाँ खाने तथा बासोबासको व्यवस्थापनसमेत भएपछि आन्तरिक पर्यटकको आकर्षण बढेको हो। द्वन्द्वकालमा तत्कालीन मल्ल राजाका सन्तान विस्थापित भएपछि जीर्ण भएको दरबार हाल… पुरा पढौ

पोखरा–ढोरपाटन पर्यटन कार्यक्रम सुरु

गण्डकी । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकी प्रदेशले पोखरा-ढोरपाटन पर्यटन प्रवर्द्धन कार्यक्रम प्रारम्भ गरेको छ । आन्तरिक पर्यटन प्रवर्द्धनको उद्देश्यका प्रारम्भ भएको  कार्यक्रममा संघ आबद्ध सदस्यसँगै पोखरामा क्रियाशील विभिन्न पर्यटनसम्बद्ध संस्थाका पदाधिकारी, सञ्चारकर्मीसहित ४५ जना सहभागी छन् । संघका प्रथम उपाध्यक्ष रवीप्रसाद आचार्यका अनुसार नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सहयोगमा बागलुङमा कास्कीको घान्द्रुक, बागलुङ, म्याग्दी र पर्वतका यातायातसम्बद्ध व्यवसायी, चालक तथा सहचालकलाई अभिमुखीकरण तालिम दिइने छ । ढोरपाटनमा त्यहाँका पर्यटन व्यवसायीसँग पनि छलफल गरिने छ । पुरा पढौ

हिउँदयाममा बाँसस्थान फेरिएको मुस्ताङको साङ्ता गाउँ

मुस्ताङ, २३ मङ्सिर । यहाँको मुस्ताङ–डोल्पा सडकको सिमाना नजिक एक सानो गाउँ छ । विसं २०२२ मा पहिचान भएको यस गाउँको नाम हो साङ्ता । पछि पत्ता लागेका कारण यहाँको साङ्ता गाउँलाई मुस्ताङ जिल्लाको सबैभन्दा कान्छो गाउँसमेत भन्ने गरिएको छ । कठिन भूगोलमा अवस्थित यहाँको साङ्ता गाउँमा करिब १३ घरधुरीको बसोबास छ । मुस्ताङ–डोल्पा सडकसँगै रहेको साङ्ता गाउँ अहिलेको स्थान्तरित बस्ती हो । यो बस्ती अहिलेको बस्तीबाट केही टाढा खोलापारीको भिरालो स्थानमा अवस्थित थियो । त्यहाँ स्थानीयले खेतपाती र पशुपालन… पुरा पढौ

पर्यटकको रोजाइमा अन्नपूर्ण-धौलागिरि पदमार्ग

म्याग्दी । म्याग्दी, कास्की र पर्वत जोड्ने नयाँ वैकल्पिक पदमार्ग सञ्चालन भएको छ । अन्नपूर्ण चक्रीयमा पर्ने भुरुङ-तातोपानी-घोडेपानी-उल्लेरी-वीरेठाँटी-नयाँपुल खण्डको पुरानो पदमार्ग असहजताका कारण सडक विस्थापित भएपछि पदयात्रीले वैकल्पिक पदमार्ग प्रयोग गर्न थालेका हुन् ।  पदमार्गले कास्की र म्याग्दीको अन्नपूर्ण तथा पवर्तको मोदी गाउँपालिकामा रहेका पर्यटकीय स्थललाई समेटेको छ । कास्कीको उल्लेरी, म्याग्दीको मोहरेडाँडा, पुनहिल, घोडेपानी, स्वाँत, खोप्रा, खयरबराही ताल, बयली, मुल्डे भ्यु पोइन्ट, घान्द्रुक, लान्द्रुक हुँदै घम्पुस जोड्ने पदमार्ग सञ्चालनमा आएको हो ।  दशदेखि १५ दिनमा यात्रा पूरा गर्न सकिने… पुरा पढौ

नेपालगञ्ज-दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण

नेपालगञ्ज । निजी क्षेत्रले नेपालगञ्ज-दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण गराएको छ । सो उडान सन्दर्भमा आइतबार नेपालगञ्जमा अर्थमन्त्री रामेश्वर खनालमार्फत प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापन पत्र बुझाउँदै उद्योग वाणिज्य संघ, नेपालगञ्जका अध्यक्ष टंक धामीले विगत एक दशकदेखि नेपालगञ्ज–दिल्ली हवाई उडानका लागि निरन्तर प्रयास गर्दै आएको बताए । उनले सिधा हवाई सम्पर्कले यस क्षेत्रको व्यापार उद्योग, पर्यटनलगायतका क्षेत्र चलायमान हुने भएकाले उडानका लागि पूर्वाधार निर्माणसमेत भएकामा सरकारका तर्फबाट नीतिगत र कार्यान्वयनका कदम चाल्न आग्रह गरे। अर्थमन्त्री खनालले अहिलेको सरकार विशेष… पुरा पढौ