पर्यटन

पदमार्गमा आएका पर्यटकहरुलाई लमजुङ प्रहरीको परामर्श

लमजुङ । पर्यटकहरुको चाप बढेसँगै व्यवस्थापनमा समस्या हुन थालेपछि लमजुङ प्रहरीले पर्यटकहरुलाई परामर्श दिन थालेको छ । मनाङमा आन्तरिक तथा बाह्य पर्यटकहरुको उल्लेख्य आगमन भएको र पर्यटकहरुलाई बास व्यवस्थापनमा समेत समस्या हुने गुनासो आएपछि प्रहरीले सहजताको लागि सहायता गरेको हो । विश्व प्रसिद्ध अन्नपुर्ण पदमार्गमा आएका आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लमजुङ प्रहरीले परामर्श सेवा दिन शुरु गरेको लमजुङ प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय लमजुङले प्रहरी चौकी खुदी मार्फत मनाङ प्रवेश गर्ने पर्यटकहरुलाई यात्रा सहजताका लागि परामर्श सेवा शुरु गरेको… पुरा पढौ

अन्नपूर्ण र मुस्ताङमा पर्यटकको लर्को, व्यवसायी भन्छन्-‘यति धेरै पर्यटक आउलान् भनेर कल्पना गरेका थिएनौँ’

म्याग्दी । अन्नपूर्ण आधार शिविरमा गत असोजको अन्तिम सातादेखि सुरु भएको पर्यटकको लर्को यही कात्तिक दोस्रो हप्ताको सुरुआतसम्म पनि रोकिएको छैन । यी दुई ठाउँमा यस वर्ष यति धेरै पर्यटक आउलान् भनेर कसैले कल्पना गरेका थिएनन् ।  पछिल्ला दिन मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतका होटलहरु भरिभराउ भएका छन् । होटेल सञ्चालकलाई आवास व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । दसैँ, तिहार, छठलगायत चाडपर्वको लामो बिदामा विद्यालय कलेजका विद्यार्थी, युवा तन्नेरी, कर्मचारी, बैंक तथा वित्तीय संस्था र चाडपर्व मनाउन विदेशबाट जन्मथलो आएकाका रोजाइमा… पुरा पढौ

अपाङ्गता भएकाहरुले गरे अन्नपूर्ण आधार शिविरको पदयात्रा

म्याग्दी । अपाङ्गता भएका व्यक्तिहरुले म्याग्दीको अन्नपूर्ण आधार शिविरसम्म पदयात्रा गरेका छन् । अपाङ्ग सञ्जाल अन्नपूर्ण गाउँपालिकाको आयोजनामा ६ प्रकारका अपाङ्गता भएका ९ जनाले यही कात्तिक ५ गते नारच्याङको हुमखोलादेखि पदयात्रा सुरु गरेका थिए । पदयात्रा आइतबार पूरा भएको सञ्जालका सचिव विशाल विकले जानकारी दिए । पदयात्रामा चोमु शेर्पा खुसी, ईश्वर बास्तोला, राजेश भण्डारी, सेरेवल पालसी, सङ्गीता शर्मा, विशाल विक, भीम गुरुङ, वासु थकाली रहेका थिए । उनीहरुको सहयोगीका रूपमा बन्दना राई सहभागी भएका थिए । ‘अपाङ्गतामैत्री नीति र भौतिक… पुरा पढौ

पोखरा भरिभराउः लामो बिदाले बढायो आन्तरिक पर्यटन

पोखरा । केही समयदेखि सुस्ताएको पोखराको पर्यटन क्षेत्रमा अहिले आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लागेको छ। दसैँतिहारको लामो बिदा, खुला हिमाल र अनुकूल मौसमले गर्दा पोखराका होटल, रेस्टुरेन्ट र अन्य पर्यटकीय गतिविधिमा उत्साहजनक चहलपहल देखिएको हो। यसले पर्यटन व्यवसायीलाई उत्साहित बनाएको छ। अन्नपूर्ण हिमशृङ्खलाको मनोरम दृश्य, फेवातालको शान्त वातावरण, प्याराग्लाइडिङ, बन्जीजम्प, जिप फ्लायरजस्ता साहसिक खेलका कारण नेपालको एक प्रमुख पर्यटकीय गन्तव्य हो पोखरा। यसका साथै अन्नपूर्ण पदयात्रा र मुक्तिनाथको प्रवेशद्वारका रूपमा पनि पोखरा पर्यटकको आकर्षणको केन्द्र बनेको छ। पछिल्लो समय… पुरा पढौ

असोजमा अन्नपूर्ण क्षेत्रमा भित्रिए ३० हजार पर्यटक

गण्डकी । गत असोजमा ३० हजार ५४७ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका छन् । दक्षिण एसियाली मुलुकका १० हजार १९ र अन्य देशका २० हजार ५२८ जना पर्यटकले यस क्षेत्रको भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जनाएको छ । गत वर्ष असोजको तुलनामा यस वर्ष १८५ पर्यटक कम आएका आयोजना प्रमुख डा. रविन कडरियाले बताए । गत भदौमा भएको जेनजी प्रदर्शन र मौसमको अवरोधका कारण भारतीय पर्यटक आगमन घटेको उनको भनाइ छ । आर्थिक वर्ष २०८०/८१ मा २८ हजार ७०५… पुरा पढौ

अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय अवलोकन गर्ने पर्यटक बढ्दै

पोखरास्थित अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा स्वदेशी एवम् विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको छ । दसैँको पूर्णिमापछि विस्तारै पर्यटकको आकर्षण बढ्दै गएको सङ्ग्रहालयका कार्यकारी निर्देशक निर्मला न्यौपानेले जानकारी दिईन् । बिहीबार मात्रै एक हजारभन्दा बढीले सङ्ग्रहालयको अवलोकन गरेको उनले बताईन् । पर्वतीय पर्यटनका विविध पक्ष अवलोकन गर्नका लागि सङ्ग्रहालय बनाइएको छ । हिमाली जीवनसँगै पर्वतीय पर्यटनका विविध पक्षलाई सङ्ग्रहालयमा नियाल्न पाइने भएकाले आकर्षक गन्तव्यका रूपमा विकास हुन थालेको छ । यहाँबाट हिमाली क्षेत्रमा बसोबास गर्ने जातजातिको रीतिरिवाज, भेषभूषा, कला, संस्कृतिका साथै भौगोलिक… पुरा पढौ

रेसुंगा र मदाने दुर्लभ चराको वासस्थान

गुल्मी । गुल्मीको रेसुंगा र मदाने वन संरक्षित क्षेत्र दुर्लभ चराहरूको मुख्य आश्रय स्थल बन्दै गएको छ । विश्वमा पाइने दुर्लभ चराहरूमध्ये गुल्मीमा ६ प्रजातिका फेला परेका छन् । गुल्मीको रेसुंगा र मदाने वन संरक्षण क्षेत्र दुर्लभ चराहरूको मुख्य वासस्थान रहेको नेपाल पक्षी संरक्षण संघका परियोजना अधिकृत शम्भु भट्टराईले जानकारी दिए । दुर्लभ प्रजातिका चरामध्ये रेसुंगा वन संरक्षित क्षेत्रमा चिरकालीज, रणमत्त महाचिल, डंगर गिद्ध, सोतो गिद्ध, सुन गिद्ध र गोमायो माहाचिल रहेका छन् । रेसुंगा र मदाने वन क्षेत्रमा नेपालमा… पुरा पढौ