पर्यटन

अन्नपूर्ण संरक्षण क्षेत्र : मनसुनमा घटे पर्यटक

गण्डकी । पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण संरक्षण क्षेत्रमा मनसुनका कारण पर्यटक घटेका छन् । गत असारयता पर्यटक आगमनमा कमी आएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जनाएको छ । असारमा १९ हजार ७४९ पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेका थिए । साउनमा जम्मा ११ हजार ८२४ पर्यटक भित्रिएको आयोजनाका प्रमुख डा.रविन कडरियाले जानकारी दिए ।  मनसुन सुरु हुनुअघि गत जेठमा ३१ हजार ९५५ पर्यटक अन्नपूर्ण क्षेत्रमा आएका थिए । गत वर्षको तुलनामा भने यो साउनमा पर्यटक बढी आएको उनको भनाइ छ… पुरा पढौ

सिकार आरक्ष ढोरपाटनमा घोडा सफारी

गलकोट (बागलुङ) । नेपालकै एक मात्र सिकार आरक्ष क्षेत्र ढोरपाटन उपत्यकामा घोडा सफारी व्यवसाय फस्टाउँदो छ । घोडापालन गर्दै आएका स्थानीयको दैनिकी अहिले पर्यटकलाई घोडामा घुमाउनै ठिक्क छ ।  ढोरपाटनमा पछिल्लो समय पर्यटकको चाप बढेपछि घोडा व्यवसायी दङ्ग छन् । ढोरपाटन उपत्यकामा फुलेका अनेकथरी फुलमा घोडा दौडाउने, भिडियो खिच्ने, फोटो खिच्ने र टिकटक बनाउने पर्यटकको सङ्ख्या बढेपछि घोडा व्यवसायीको आम्दानी बढेको छ ।  घोडा पालेरै घर खर्च धान्दै आएका ढोरपाटन नगरपालिका–९ निवासी अनिस विकले पर्यटक बढेपछि दिनमै रु तीन हजारभन्दा… पुरा पढौ

नेपाल पर्वतारोहण संघ गण्डकीद्वारा सञ्चालित छ दिवसीय तालिम सम्पन्न

पोखरा । नेपाल पर्वतारोहण सङ्घ, गण्डकी प्रदेश र नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशको संयुक्त आयोजनामा पर्वतीय पर्यटनका पथप्रदर्शकका लागि साउन १८ गतेदेखि पोखरामा सञ्चालन गरिएको छ दिवसीय तालिम सम्पन्न भएको छ । गण्डकी अल्पाइन क्लब र काठमाडौँ इन्भाइरोलमेन्टल एजुकेशन प्रोजेक्ट (किप)को प्राविधिक सहयोगमा ‘जङ्गलमा प्राथमिक उपचार, नक्सा पठन, पहाडी पैदल यात्रा, नेभिगेसन’ विषयक छ दिवसीय तालिम आज सम्पन्न भएको हो । तालिममा सहभागी ३० जना प्रशिक्षार्थीहरुलाई समापन समारोहका प्रमुख अतिथि एवम् पोखरा भ्रमण वर्ष २०२५ का संयोजक गोपिबहादुर भट्टराईलगायतले प्रमाणपत्र… पुरा पढौ

पर्यटकका पखाइमा म्याग्दीको पुलाश्रम

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५ मा अवस्थित पुलाश्रम (पछै)पर्यटकको पर्खाइमा छ । सो स्थानलाई हिन्दू धर्मग्रन्थ रामायणका पात्र पुलत्स्य, पुलह ऋषिले तपस्या गरेको र रावणको जन्म भएको विश्वास गरिन्छ ।  पुलाश्रमको फेदीमा रहेको बेनी बजार भएर वार्षिक सात लाख भन्दा बढी स्वदेशी तथा विदेशी भक्तजन र पर्यटकहरु बेनी–जोमसोम सडक मार्फत हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल मुक्तिनाथ आवत जावत गर्छन् । बेनीदेखि करिब नौ किलोमिटर उत्तरतर्फ अवस्थित पुलाश्रम सधैँ सुनसान हुने गरेको पौलत्स्य क्षेत्र विकास कोषका उपाध्यक्ष तेजप्रकाश बानियाले जानकारी… पुरा पढौ

पर्यटक तानिरहेको बुकीपाटनमा ‘गोठबास’ले सहज

बागलुङ । ढोरपाटन उपत्यकादेखि करिब साढे चार घण्टाको पैदलयात्रामा पुग्न सकिन्छ, गर्पाछेडा । समुन्द्री सतहदेखि चार हजार मिटरको उचाइमा रहेको गर्पाछेडा बुकीपाटनको पहिलो प्रवेशद्वार हो । भीर, जङ्घार र अग्ला पहाड छिचोल्दै यहाँ पुग्ने पर्यटक थकित हुन्छन् । उपत्यकादेखि लगातारको पैदलयात्रामा गर्पाछेडा पुगेका पर्यटकलाई बिश्रामका लागि गोठबास (गोठस्टे) सञ्चालनमा ल्याइएको छ । केही समय अघिसम्म विश्रामका लागि यहाँ भेडीगोठबाहेक अरु कुनै पनि संरचना थिएन । गत वर्षदेखि बुकीपाटनमा पर्यटकको चाप बढ्न थालेपछि गर्पाछेडामा गोठस्टे सञ्चालनमा ल्याइएको हो । अहिले दैनिकजसो औसतमा… पुरा पढौ

नेपाल पर्वतारोहण संघद्वारा टुरिस्ट गाइडलाई विविध तालिम

पोखरा । पोखरामा ६ दिने वाइल्डरनेस प्राथमिक उपचार, म्याप रिडिङ, पहाडी पैदल यात्रा व्यवस्थापन तथा नेभिगेसन तालिम सुरु भएको छ । आइतार नेपाल पर्वतारोहण संघ, गण्डकी प्रदेश र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशकोको संयुक्त आयोजनामा, गण्डकी अल्पाईन क्लब र काठमाडौं ईन्भाईरोलमेण्टल एजुकेशन प्रोजेक्टको प्राविधिक सहयोगमा पोखरामा उक्त तालिमको सुरुवात भएको हो । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले तालिमको उद्घाटन मन्तव्य दिंदै दक्ष जनशक्ति उत्पादन र पर्यटकलाई प्रभावकारी सेवा पुर्याउनका लागि नेपाल पर्यटन बोर्डले कार्य गरिरहेको बताए ।… पुरा पढौ

बर्खामा पनि ढोरपाटनमा पर्यटक भरिभराउ

बागलुङ । बागलुङको पर्यटकीय गन्तव्य ढोरपाटनमा पर्यटक बढेपछि गोठालाको आय आर्जनमा वृद्धि भएको छ । ढोरपाटन पुगेका केही पर्यटक पदमार्गमार्फत बुकी पाटन पुग्ने गरेका छन् । बुकी पुग्ने पर्यटकका लागि खान बस्नमा सघाउँदै आएका गोठालको आम्दानी बढ्दै आएको छ । पदमार्ग आसपास र बुकीपानमा चिया नास्ताका लागि स्थानीय उत्पादन खपत हुने गरेको छ । बुकी पाटन पुगेका पर्यटकहरु गोठमै बस्ने र खाने गर्दा भैँसीको दूध, घ्यू तथा भेडाको मासु गोठमै खपत हुन थालेको हो । गोठालाले उत्पादन गरेको दूध, दही… पुरा पढौ