पर्यटन

मार्चे लेकमा याक र चौँरीको रगत पिउने मेला सुरु

मुस्ताङ । यहाँको थासाङ गाउँपालिकास्थित थाक सातसय क्षेत्रको सामुहिक चरनक्षेत्र मार्चे लेकमा याक र चौँरीको आलो रगत खाने मेला सुरु भएको छ । मार्चे याक नाक कृषक समूहले बिहीबारदेखि मेला आयोजना गरेको हो । हिमाली तथा उच्चपहाडी जिल्लाहरुमा जिउँदो याक र चौँरीको रगत खाने मेला सदियौँदेखि परम्पराको रुपमा छ । प्राकृतिक उपचार पद्दति मध्येको एक मानिने चौंरीको आलो रगत खाँदा मानिसको पेट सम्बन्धी सम्पूर्ण रोग निको हुने जनविश्वास छ । समूद्री सतहदेखि करिब चार हजार मिटर उचाइमा अवस्थित प्राकृतिक सौन्दर्यताले भरिपूर्ण मार्चे लेकमा मार्चे… पुरा पढौ

बन्दीपुरमा ‘आफ्नो गाउँः रमाइलो बनाउँ’ कार्यक्रम

दमौली (तनहुँ), २६ असार । जिल्लाको पर्यटकीय नगरी बन्दीपुरले ‘आफ्नो गाउँः रमाइलो बनाउँ’ अभियानमार्फत हरेक बस्तीलाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने भएको छ । गाउँपालिकाले पर्यटनलाई उच्च प्राथमिकतामा राख्दै हरेक बस्तीलाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्न साझेदारी गरी ग्रामीण सौन्दर्यीकरण तथा उज्यालो बन्दीपुर र ढुङ्गा छपनीको कार्यक्रमलाई अगाडि बढाउन लागेको हो । गाउँपालिकाले एसियाको ठूलो दाबी गरिएको सिद्धगुफा, पातलद्वार गुफा, शङ्खे गुफालगायत गुफाको संरक्षण र प्रवर्द्धन गरी पर्यटकीय गतिविधि सञ्चालन गर्ने नीति लिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए ।… पुरा पढौ

सोलो प्याराग्लाइडिङ उडान साउनबाट खुला गरिने

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नयाँ कार्यविधि बनाएर एकल (सोलो) प्याराग्लाइडिङ उडान खुला गरेको छ।   क्यानले सुरक्षा र अनुगमनमा कडा प्रावधानसहित उडान गर्न अनुमति दिएपछि साउन पहिलो साताबाट पोखरामा सोलो उडान थाल्ने तयारी भएको छ।  नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत २०७९ असोज ३० गते भएको प्याराग्लाइडिङ दुर्घटनामा खेलाडी निसिम थापाको ज्यान गएको थियो।  लगत्तै सबै खाले प्याराग्इडिङ उडानमा प्रतिबन्ध लगाएको क्यानले पछि टेन्डम उडान खुला गरे पनि सोलो उडान बन्द थियो।   करिब तीन वर्षपछि एकल उडान अनुमतिले प्याराग्लाइडिङ व्यवसायी उत्साहित भएका… पुरा पढौ

पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’

लमजुङ । फुटबल खेलाडी सावित्रा भण्डारी ‘साम्बा’को सम्मानमा नामकरण गरिएको साम्बा चोक यतिबेला पर्यटकको नयाँ गन्तव्य बन्न थालेको छ । मर्स्याङ्दी गाउँपालिका-९ खुदीपुल वारिको क्षेत्रलाई ‘साम्बा’ चोक नामकरण गरेसँगै यतिबेला पर्यटकको नयाँ र मुख्य गन्तव्य बन्न थालेको हो ।  मर्स्याङ्दी गाउँपालिकाले सावित्रीको फोटोको होर्डिङबोर्ड बनाएर स्तम्भ स्थापना गर्दै सो क्षेत्रलाई  साम्बा चोक नामकरण गरेसँगै यतिबेला पर्यटकको नयाँ गन्तव्य बन्न थालेको हो । मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङका अनुसार फुटबल क्षेत्रमा स्थापित उनलाई सम्मान गर्न साम्बा चोक नामकरण गरिएसँगै यतिबेला विभिन्न… पुरा पढौ

मुक्तिनाथ मन्दिरमा दर्शनार्थीमैत्री परिसर स्तरोन्नति

मुस्ताङ । बौद्ध तथा हिन्दु धर्मावलम्बीको साझा धार्मिक तीर्थस्थल मुस्ताङको बारागुङ मुक्ति क्षेत्र-१ स्थित मुक्तिनाथ मन्दिर परिसरलाई दर्शनार्थीमैत्री तवरले स्तरोन्नति गरिएको छ । सामाजिक विकास कार्यालय मुस्ताङको चालु आर्थिक वर्षको विनियोजित रु. नौ लाख बजेटबाट मन्दिर परिसर स्तरोन्नति गरिएको हो । मुक्तिनाथ मन्दिर परिसरको साविकको संरचना नखल्बलिने गरी सामाजिक विकास कार्यालयमार्फत छप्पनी ढुंगा बिछ्याउने काम सम्पन्न भएको कार्यालय प्रमुख निरपति दर्जीले जानकारी दिए । मुक्तिनाथ परिसरमा छप्पनी ढुंगा बिछ्याउनका लागि कोटेशन ठेक्का लगाइएको थियो । मन्दिर परिसर, कुण्ड र १०८… पुरा पढौ

म्याग्दीका पर्यटकीय स्थल सुनसान

म्याग्दी । वर्षा सुरु भएसँगै यहाँका पर्यटकीय स्थल सुनसान हुन थालेका छन् । घोडे पानी, पुनहिल, मोहरेडाँडा, खोप्रा, टोड्के, अन्नपूर्ण आधार शिविर, सिंगा र भुरुङ, तातोपानी कुण्ड, रुप्से, नारच्याङ झरनालगायत क्षेत्रमा वर्षा सुरु भएसँगै घुम्न आउने पर्यटक घटेका हुन् । अन्नपूर्ण गाउँपालिका-६ घोडेपानीस्थित होटल व्यवस्थापन उपसमितिका अध्यक्ष मिना पुनले प्रतिकूल मौसमका कारण पछिल्लो समय पर्यटकको आगमन घटेको बताइन् । विश्व प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख गन्तव्यका रूपमा रहेको घोडेपानीमा दैनिक एक हजार क्षमताका २५ वटा सुविधायुक्त होटल रहेका जनाउँदै ती… पुरा पढौ

कफुचे-कोरी पदमार्गको स्तरोन्नति गरिँदै

गण्डकी, २२ असार । कास्कीको मादी गाउँपालिका-१ स्थित कफुचे-कोरी पदमार्गअन्तर्गत नौलाबाट नौटा हुँदै कोरी जाने पदमार्गको स्तरोन्नति अघि बढाइएको छ । मादमे खोला जलविद्युत् आयोजनाको ३० लाखको सहयोग एवं मादी गाउँपालिका-१ र स्थानीय सरोकार भएका समितिको सहकार्यमा पदमार्गको स्तरोन्नति अघि बढाइएको हो । पदमार्गअन्तर्गत नौलाबाट नौटा हुँदै कोरीसम्मको पदमार्ग स्तरोन्नति भइरहेको मादी १ का वडाध्यक्ष एवं सरोकार भएका समितिका संयोजक देवीजङ्ग गुरुङले जानकारी दिए । उनका अनुसार आयोजनाबाट रु १० लाख प्राप्त भई काम भइसकेको छ भने रु २० लाख… पुरा पढौ