पर्यटन

सगरमाथा विश्वको गौरव हो:मन्त्री पाण्डे

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथालाई विश्वको गौरव भएको बताएका छन् । अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा वसन्तपुरमा आयोजित कार्यक्रममा उनले सगरमाथाको संरक्षण र प्रवद्र्धनका लागि चेतना जगाउन र विश्वभरका पर्यटकलाई नेपालप्रति आकर्षित गर्न सबैले सक्रियता देखाउनुपर्ने बताए । मन्त्री पाण्डेले भने, “सगरमाथा हाम्रो पहिचान र गौरव हो । यसले विश्वको ध्यान खिचेको छ । सगरमाथा संवादमार्फत हामीले जलवायु परिवर्तनले नेपाल र विश्वलाई पारेको असरबारे जानकारी गराएका छौँ । सगरमाथाको हिउँ पग्लिँदा नेपाल र हिमवत् क्षेत्र मात्र होइन,… पुरा पढौ

आज अन्तरराष्ट्रिय सगरमाथा दिवस मनाइँदै

काठमाडौँ । आज विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक आरोहण गरेको दिन अर्थात् ७२औँ अन्तरराष्ट्रिय सगरमाथा दिवस । नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी यो दिवश भव्य रूपमा मनाइँदैछ । सन् १९५३ मे २९ तारिखका दिन नेपाली तेन्जिक नोर्गे शेर्पा र न्युजिल्यान्डका सर एडमन्ड हिलारीले पहिलो पटक सगरमाथाको शिखरमा पाइला टेकी विश्वलाई मानवीय साहस र क्षमताको ऐतिहासक परिचय दिएका थिए । सोही दिनलाई स्मरण गर्दै हरेक वर्ष मे २९ का दिन अन्तरराष्टिय सगरमाथा दिवस मनाउन थालिएको हो । यस वर्ष… पुरा पढौ

सगरमाथा देखेपछि आरोही भन्छन् : वाऊ ! इस्ट् अमेजिङ

काठमाडौँ । आँखा अगाडि सेताम्मे हिम चुचुरा देख्दा चिनियाँ सगरमाथा आरोही सिओजुले आफूलाई हिमालै अङ्गालोमा बेरेझै अनुभूति भएको प्रतिक्रिया दिए । ‘वाऊ ! इट्स् अमेजिङ एभरेष्ट, आइ नेभर फर्गेट’(आहा ! यो अत्भूत छ, म यसलाई कहिल्यै भुल्ने छैन) जहाजको झ्यालबाट सगरमाथातर्फ नजरलगाइरहेका सिओजुले पुनः भने, “नेपाल साँच्चिकै सुन्दर छ, यहाँको प्राकृतिक सुन्दरता र सेता हिमालले जो कोहीलाई मोहित तुल्याउँछ, जुन विश्वकै गौरवको विषय हो ।” माउन्टेन फ्लाइट जीवनकै अविस्मरणीय भएको उनले बताए ।  अर्का चिनियाँ आरोही वाङसु छाले पनि हिमालय… पुरा पढौ

मनास्लु क्षेत्रमा हालसम्मकै बढी पर्यटक

गोरखा । चालु आर्थिक वर्षको वैशाखसम्ममा १२ हजार २५९ जना विदेशी पर्यटकले उत्तरी गोरखाको मनास्लु क्षेत्रमा भ्रमण गरेका छन् । मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप )का अनुसार यो सङ्ख्या अहिलेसम्मकै बढी हो । आर्थिक वर्ष २०८०/०८१ मा नौ हजार ७८२, आव २०७९/०८० मा सात हजार ७०५ र आव २०७८/०७९ मा दुई हजार २८४ जना पर्यटकले उक्त क्षेत्र भ्रमण गरेका एमक्यापका प्रमुख सन्तोष शेरचनले जानकारी दिए । उनका अनुसार बर्सेनि पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको छ । एमक्यापले आव २०८१/०८२ मा… पुरा पढौ

पर्यटकीय क्षेत्र ठूल्डाँडामा ‘फनर्पाक’ निर्माण

बागलुङ । बागलुङको बरेङ गाउँपालिका-१ र २ को सिमानामा पर्ने पर्यटकीय क्षेत्र ठूल्डाँडामा ‘फनपार्क’ निर्माण गरिएको छ । बरेङ बजार नजिकै रहेको ठूल्डाँडा क्षेत्रमा गाउँपालिकाले ४० लाख रुपैयाँको लागतमा ‘फनपार्क’ निर्माण गरी सञ्चालनमा ल्याएको हो । पार्क सञ्चालनमा आएपछि आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएको छ । तीन वर्ष अगाडि निर्माण सुरु गरिएको पार्क यसै वर्षदेखि सञ्चालनमा आएको गाउँपालिका कार्यालयले जनाएको छ । एक दशक अगाडिसम्म झाँडीले ढाकिएको उक्त क्षेत्र अहिले रमणीय बनेको स्थानीय बताउँछन् । पार्क निर्माण भएपछि बरेङसहित बागलुङको गलकोट,… पुरा पढौ

‘हिमालयन ट्राभल मार्ट’को पाँचौँ संस्करण जेठ २० गतेदेखि हुने

काठमाडौँ । नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय पर्यटन मेला ‘हिमालयन ट्राभल मार्ट (एचटीएम)’को पाँचौँ संस्करण यही जेठ २० देखि २२ सम्म काठमाडौँमा आयोजना हुने भएको छ ।  प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर र नेपाल पर्यटन बोर्डले नेपाल एयरलाइन्सलगायत अन्य प्रमुख पर्यटन संघ संस्था र राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका साझेदार संस्थासँगको सहकार्यमा आयोजना हुने एचटीएमको सम्पूर्ण तयारी पूरा भएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । एचटीएममा १०० भन्दा बढी अन्तर्राष्ट्रिय पाहुनासहित नेपालका सार्वजनिक तथा निजी क्षेत्रमा आबद्ध… पुरा पढौ

अन्नपूर्ण हिमाल आरोहणको ७५ वर्षः ‘अन्नपूर्ण हिरक महोत्सव’ मनाइने

पोखरा । नेपालको पर्वतारोहण पर्यटनको इतिहास जोडिएको म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७५ वर्ष पूरा भएको अवसरमा हिरक महोत्सव मनाइने भएको छ। नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकी, अन्नपूर्ण गाउँपालिका म्याग्दीको व्यवस्थापनमा हिरक महोत्सव मनाउन लागिएको सोमबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा पर्ने भएकाले सोही स्थानमा हिरक महोत्सव मनाइने नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछानेले जानकारी दिए । महोत्सवमा फ्रान्सलगायतका युरोप–अमेरीका लगायत देशका… पुरा पढौ