पर्यटन

नवौं पर्वतिय महोत्सव (माउन्टेन फेस्टिभल) भोलिदेखि

पोखरा । अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय, रातोपैरो पोखरामा भोलिदेखि अर्थात् मंसिर २३ देखि २७ गतेसम्म (डिसेम्बर ८–१२ तारीख, २०२४) ९औं पर्वतिय महोत्सव (माउन्टेन फेस्टिभल) हुन गइरहेको छ। संयुक्त रास्ट्र संघले हरेक वर्षको डिसेम्बर ११ तारीखलाई अन्तर्राष्ट्रिय पर्वतीय दिवस मनाउने निर्णय पछि नेपाल पर्वतारोहण संघले आफ्नो प्रमुख कार्यक्रमकै रूपमा यो दिवस प्रत्येक वर्ष मनाउन थालेको हो। महोत्सवमा पर्यटन प्रवद्र्धनका साथै ज्ञान, विज्ञान, अनुसन्धान, कृषि, रेस्टुरेन्ट लगायतका ३० वटा स्टलहरु रहने आयोजकले बताएका छन् । महोत्सवका प्रमुख आकर्षणहरुमा छेलो, आर्चरी, बच्चाहरुको लागि जिप… पुरा पढौ

जोमसोमको सहायक गन्तव्य क्षमाताल

म्याग्दी । चारैतिर सल्लाको वनको बीचमा रहेको ठाउँमा गोलाकार र नीलो रङको ताल । पूर्वतर्फ उभिएको निलगिरि हिमाल । तालमा देखिने हिमालको छायाँ । शान्त र एकान्त वातावरण । चराहरूको चिरबिर–चिरबिर आवाज । नजिकैको खर्कमा रहेका भेडाच्याङ्ग्रा, चौँरीगाई र घोडाका गोठ ।  मुस्ताङको घरपझोङ गाउँपालिका–५ मा रहेको क्षमातालको मनमोहक र सुन्दर छ । समुद्री सतहदेखि तीन हजार चार सय ५० मिटर उचाइमा रहेको क्षमाताल पुग्न जोमसोमबाट ठिनी हुँदै ४५ मिनेट सवारीसाधन र एक घण्टा पैदलयात्रा गर्नुपर्छ ।  निलगिरि हिमालको उत्तरपश्चिमी… पुरा पढौ

पोखराको चुत्राकोटमा १०८ फिट अग्लो अर्धनारीश्वर मूर्ति स्थापना गरिने

Mardi News
पोखरा । पोखरा महानगरपालिका–२८चुत्राकोटमा एक सय आठ फिट अग्लो अर्धनारीश्वर शिवको मूर्ति स्थापना हुने भएको छ । वडाध्यक्ष श्रीकृष्ण लामिछानेका अनुसार मूर्तिका लागि सङ्घ सरकारबाट रु एक करोड विनियोजन भएको छ । मूर्ति स्थापनाका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको र मूर्तिसहितका अन्य संरचनाका निर्माणका लागि रु ३८ करोड लाग्ने अनुमान गरिएको उनले बताए । उक्त स्थलमा उद्यानलगायत संरचना पनि निर्माण गरिने छ । मूर्ति निर्माण गर्न पशुपति क्षेत्र विकास कोष, भारतीय राजदूतावाससँग परामर्श जारी रहेको उनले जानकारी दिए… पुरा पढौ

आँधीमूलको कृत्रिम तालमा डुङ्गा शयर गर्न पाइने

दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ यान्चोकस्थित आँधीमूलमा निर्माणाधीन कृत्रिम तालमा डुङ्गा शयर गर्न पाइने भएको छ । आँबुखैरेनी गाउँपालिकाले यस ठाउँलाई पर्यटकीय गन्तव्यस्थल बनाउने उद्देश्यसहित यहाँ कृत्रिम ताल निर्माण गरिरहेको छ । मूलको पानी जम्मा गरेर कृत्रिम ताल निर्माणको काम अगाडि बढेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । उनले भने, “तालले आकार लिन थालिसकेको छ । तालको पूरै काम सकिएपछि यहाँ डुङ्गा शयर गर्न सकिनेछ । यस ठाउँमा ‘वाटर फन पार्क’ बनाउने लक्ष्य छ ।” आँधीमूलमा प्रसिद्ध मन्दिरसमेत… पुरा पढौ

अन्नपूर्ण क्षेत्रमा एक महिनामै ३३ हजार बढी पर्यटक

गण्डकी, ३ मङ्सिर । अन्नपूर्ण संरक्षण क्षेत्रमा गत कात्तिक महिनामा ३३ हजार तीन सय १० विदेशी पर्यटक भित्रिएका छन् । जसमध्ये दक्षिण एसियाली मुलुकका ११ हजार छ सय ७८ र अन्य मुलुकका २१ हजार छ सय ३२ पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ । आयोजना प्रमुख डा रविन कडरियाका अनुसार गत साउनयता ८३ हजार ३१ विदेशी पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेका हुन् । गत वर्ष सोही अवधिमा ६७ हजार चार सय ४२ जना पर्यटकले… पुरा पढौ

हिमाल हेर्न कोखेडाँडा

पर्वत । मोदी गाउँपालिका वडा नम्बर १ झिलिबराङ्गस्थित कोखेडाँडा पर्यटकीय गन्तव्य बन्दै गएको छ । समुद्री सतहबाट तीन हजार तीन सय नौ मिटरको उचाइमा रहेको यो स्थानमा विशेषगरी हिमाल हेर्न जाने बढेका हुन् । छिमेकी जिल्ला म्याग्दीको प्रसिद्ध पर्यटकीयस्थल मोहोरेडाँडाबाट करिब आधा घण्टाको पैदलयात्राबाट पुग्न सकिने कोखेडाँडाबाट सूर्योदय, सूर्यास्त, अन्नपूर्ण, माछापुच्छ्रे, धवलागिरि, निलगिरिलगायत हिमाल हेर्न सकिन्छ । म्याग्दीको पुनहिलभन्दा पनि उचाइमा रहेको यो स्थानबाट पर्वत, कास्की, स्याङ्जा, बागलुङ, म्याग्दी, लमजुङ, तनहुँलगायतका जिल्ला अवलोकन गर्न सकिन्छ । लामो समयदेखि पर्यटन क्षेत्रमा… पुरा पढौ

चिसो बढेपछि सुनसान ‘बुकीपाटन’

ढोरपाटन (बागलुङ) । चिसोका कारण गोठाला बेँसी झरेपछि ढोरपाटन बुकीपाटन सुनसान बनेका छन् । असारदेखि कात्तिक पहिलो सातासम्म गोठाला र आन्तरिक तथा बाह्य पर्यटकका कारण चहलपहल बढे पनि यतिबेला भने बुकीपाटनमा सुनसान छ । नेपालको एक मात्र सिकार आरक्ष क्षेत्रमा पर्ने बुकीपाटन पछिल्लो समय आन्तरिक र विदेशी पर्यटकको रोजाईमा पर्दै गएको छ । गत असारदेखि असोजसम्म करिब तीन हजार पर्यटक बुकीपाटन पुगेको ढोरपाटन नगरपालिका–९ का गङ्गा पुनले बताए । बर्खामा चारै तिर हरियाली छाउने, उत्तरतिर हिमाल र पाटनभरी छरिएर रहेका… पुरा पढौ