पर्यटन

असोजमा नौ हजार पर्यटक सगरमाथा क्षेत्र पुगे

सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा एकै महिना झन्डै नौ हजार पर्यटक भ्रमणका लागि पुगेका छन् । गत असोजमा आठ हजार नौ सय दुईजना पर्यटक भ्रमणका लागि खुम्बु पुगेका सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले जनाएको छ । जसबाट निकुञ्जले रु दुई करोड तीन लाख ४८ हजार पाँच सय ५३ राजस्व सङ्कलन गरेको निकुञ्जका कर्मचारी विवेक श्रेष्ठले जानकारी दिए । उनका अनुसार निकुञ्जले प्रतिपर्यटक नेपाली रु एक सय, सार्क मुलुक रु एक हजार पाँच सय र अन्य मुलुक रु… पुरा पढौ

गुरुङ सामुदायबाट १४ वटा शिखरहरु चुम्ने पहिलो आरोही तेजनलाई पोखरामा सम्मान

पोखरा । ८ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल आरोहण गर्ने गुरुङ समुदायका पहिलो व्यक्ति तेजन गुरुङलाई सम्मान गरिएको छ । गुरुङ पर्यटन व्यवसायी संघ (जिटिन)ले शनिवार पोखरामा बधाई तथा सम्मान कार्यक्रमको आयोजना गरी गुरुङलाई सम्मान गरेको हो । गुरुङले विश्वको चौधौ अग्लो हिमालमध्ये ९ अक्टोबर २०२४ मा शिशपाङ्माको सफल आरोहण गरेका छन् । उक्त हिमालको सफल आरोहणसँगै उनी विश्वका आठ हजार मिटर भन्दा अग्ला १४ वटा शिखरहरु चुम्ने गुरुङ समुदायबाट पहिलो आरोही बन्न सफल भएका हुन् । गुरुङ पोखराका… पुरा पढौ

अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रमा आन्तरिक पर्यटकको भीड

गलेश्वर (म्याग्दी) । यहाँको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । दसैँको टीकापछिका पाँच दिनमा आठ सय बढी आन्तरिक पर्यटक त्यस क्षेत्रमा पुगेका मौरिस हर्जोग पदमार्गका अभियन्ता तेजबहादुर गुरुङले जानकारी दिए । अन्नपूर्ण–३ नारच्याङको हुमखोलाबाट उक्त पदमार्ग हुँदै दुई दिनको पैदलयात्रा पछि अन्नपूर्ण आधार शिविर पुग्न सकिन्छ । बिदा मनाउन निस्केका आन्तरिक पर्यटकले अन्नपूर्ण प्रथम हिमालको मुख्य आधार शिविर र आरोहण मार्गमा पर्यटकको भीड बढेको आधार शिविर पुगेर फर्किएका आन्तरिक पर्यटक सुशान्त… पुरा पढौ

पर्यटकीय स्थलबाट एक करोड बढी आम्दानी

म्याग्दी, २ कात्तिक । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटकीय स्थलहरुबाट चालु आर्थिक वर्ष २०८१÷८२ मा रु. एक करोड २७ लाख ६३ हजार आन्तरिक आम्दानी गरेको छ । अन्नपूूर्णमा रहेका पर्यटकीयस्थल पुनहिल, भुरुङ तातोपानी, पाउद्वार र रातोपानी कुण्डमा प्रवेश शूल्क संकलन, होटल र चिया पसल सञ्चालनका लागि आय ठेक्का लगाएर सो आम्दानी भएको गाउँपालिकाले जनाएको छ । अन्नपूूर्ण –२ मा रहेको भुरुङ्ग–तातोपानी, वडा नम्बर ५ को पाउद्धार तातोपानी र वडा नम्बर ६ को रातोपानी कुण्डमा प्रवेश शूल्क, होटल तथा चिया पसल सञ्चालनका… पुरा पढौ

घोडेपानीमा आन्तरिक पर्यटकलाई छुट

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने पर्यटकीयस्थल घोडेपानीका होटल व्यवसायीले आन्तरिक पर्यटकलाई छुट दिन थालेका छन् । घोडेपानी टोल सुधार समिति, होटल व्यवस्थापन र पर्यटन व्यवस्थापन उपसमितिको बिहीबार बसेको संयुक्त बैठकले दसैँ, तिहार, छठलगायत चाडपर्वको समयमा घुम्न आउने आन्तरिक पर्यटकलाई १० प्रतिशत छुट दिने निर्णय गरेको हो । घोडेपानी टोल सुधार समितिका उपाध्यक्ष जुली ठकुरी पुनले नेपाली पर्यटकले बिहीबारदेखि नै लागू हुनेगरी कुल बिलमा १० प्रतिशतका दरले छुट सुविधा पाउने जानकारी दिए । “आन्तरिक पर्यटनको प्रवर्द्धनका लागि यहाँका सबै… पुरा पढौ

साहासिक पदयात्राका लागि थोराङ्ला पास

म्याग्दी । शदर यामको सुरुआत र मनसुन निष्क्रिय हुँदै गएपछि खुल्न थालेको आकाश । अग्ला र नाङ्गा डाँडाको पृष्ठभूमिमा जता हेरे पनि देखिने हिमशृङ्खला । हिमाली बुकीको चरन खर्कबाट बेशी झर्दै गरेका चौरी, याक, भेडाच्याङग्रा र घोडाका बथान । विविधतायुक्त भूगोल, संस्कृति, प्रकृतिको सङ्गम र साहासिक मानिने थोराङ्ला झञ्ज्याङको पदयात्राको आकर्षण हो । थोराङ्ला झञ्ज्याङ समुन्द्री सतहदेखि पाँच हजार चार सय १६ मिटर उचाइमा छ । गण्डकी प्रदेशको लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी र कास्की जिल्ला समेटिएको अन्नपूर्ण चक्रीय पदमार्गको सबैभन्दा… पुरा पढौ

बन्दीपुरमा पर्यटकको चहलपहल

दमौली (तनहुँ), २७ असोज । जिल्लाको पर्यटकीय गन्तव्य बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ । दसैँ बिदाका कारण आन्तरिक पर्यटक पनि बढेका छन् । बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानका अनुसार यहाँका प्रमुख पर्यटकीय क्षेत्र थानीमाई मन्दिर, मणि मुकुन्देश्वरी पर्खाल (मिनी ग्रेटवाल), विन्ध्यवासिनी मन्दिर, पातलेद्वार गुफा, सहिद स्मारक उद्यानलगायत १७ गन्तव्यको सूची अङ्ग्रेजी, चिनियाँ, जापानी, कोरियाली, फ्रान्सेलीलगायत सात भाषामा तयार पारेको छ । यो याममा यहाँ आउने अन्य देशको तुलनामा चिनियाँ पर्यटकको सङ्ख्या बढी छ । बन्दीपुर जापान, चीन, इटाली,… पुरा पढौ