कास्की, २५ असोज । अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गत कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ टुसेमा पर्यटन सूचना केन्द्र स्थापना भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले गाउँपालिकासँगको साझेदारी कार्यक्रमअन्तर्गत पर्यटक सूचना केन्द्र, उद्यान र दिवा सेवा केन्द्रको स्थापना गरेको हो । पर्यटक सूचना केन्द्रका लागि एक्याप ल्वाङ कार्यालयबाट रु १० लाख, गाउँपालिकाको रु १३ लाख ६० हजार लागत साझेदारी गरी कूल रु २३ लाख ६० हजार लागतमा निर्माण गरिएको एक्याप ल्वाङका कार्यालय प्रमुख लेखनाथ गौतमले जानकारी दिए । केन्द्रले मर्दी हिमाल पदमार्ग,…
पुरा पढौ