पर्यटन

एकै वर्षमा ६३३ प्रजातिका चराको अभिलेख, सञ्जय बने सर्वोकृष्ट

विश्वभरका पंछीहरुका तथ्याङ्कको सुरक्षित भण्डारण, सार्वजनिककरण, पहिचान, बितरण तथा सांङखकिय विवरणहरुको अध्याबधिक राख्ने अन्तर्राष्ट्रिय अनलाईन प्लेटफर्म संस्था इ–बर्डको तथ्याङ्क अनुसार सन् २०२४ मा इ–बर्डका प्रयोगकर्ता मध्ये नेपाल बाट चराहरुको रेकर्ड गर्नेमा भक्तपूर बोडेका सञ्जय था श्रेष्ठ शिर्ष स्थानमा रहेका छन् । श्रेष्ठले वर्ष भरी ६३३ प्रजातिका चराहरुको अभिलेख गरेका छन् । कर्नेल युनिभरसिटी फर अर्निथोलोजी अन्र्तगतको अन्तराष्ट्रिय अनलाईन प्लेटफर्म संस्था इ–बर्डमा हरेक दिन प्रयोगकर्ताले आफुले देखेका चराहरुको तथ्याङ्क अपडेट गर्ने गर्दछन् जसलाई समिक्षकहरुले रुजु गरी अपडेट गर्ने गर्दछन् । अघिल्लो… पुरा पढौ

बन्दीपुर भ्रमण वर्ष शुभारम्भ

दमौली (तनहुँ) । ऐतिहासिक पर्यटकीय नगरी बन्दीपुरको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित बन्दीपुर भ्रमण वर्ष २०२५ को भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आज शुभारम्भ गरेका छन् ।  सांसद भगवती न्यौपाने, गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर चुमान, अशोककुमार श्रेष्ठलगायतको सहभागिता रहेको थियो । बन्दीपुरमा हाल वार्षिक एक लाख पर्यटक आउने गरेकामा त्यसलाई दोब्बर बनाउँदै यहाँको पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित भ्रमण वर्ष आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए ।  भ्रमण वर्षका क्रममा बन्दीपुर-छिम्केश्वरी-मनकामना-गोरखा मन्दिर-लिगलिगकोट-भानु जन्मस्थल हुँदै पुनः बन्दीपुर आउने दुई… पुरा पढौ

अन्नपूर्ण क्षेत्रमा अहिले सम्मकै बढी पर्यटक

Mardi News
गण्डकी । पदयात्राका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण क्षेत्रमा सन् २०२४ मा दुई लाख ४४ हजार ४५ जना विदेशी पर्यटक भित्रिएका छन् । ती मध्ये दक्षिण एसियाली मुलुकका एक लाख ३२ हजार ९४ र अन्य मुलुकका एक लाख ११ हजार नौ सय ५१ रहेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०का अनुसार उक्त सङ्ख्या हालसम्मकै बढी हो । यसअघि सबैभन्दा बढी सन् २०२३ मा एक लाख ९१ हजार पाँच सय ५८ पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेका थिए । सन् २०१९ मा… पुरा पढौ

२६ औं पोखरा सडक महोत्सव सुरु

पोखरा । रेष्टुरेण्ट एण्ड बार एसोसिएसन (रेवान), पोखराको आयोजनामा फेवाताल किनारमा २६ औं पोखरा सडक महोत्सव शनिबारदेखि सुरु भएको छ । स्थानीय कला संस्कृतिको सम्वर्द्धनसहित आन्तरिक एवं बाह्य पर्यटन प्रवर्द्धनमा सघाउ पुर्‍याउने यो महोत्सवको नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले उद्घाटन गरे । उद्घाटन मन्तव्य राख्दै मन्त्री गुरुङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि धेरै काम बाँकी रहेको बताए । विमानस्थल सञ्चालनका लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कार्यायल, गृह मन्त्रालय अन्तर्गतको भिसा अनुमति… पुरा पढौ

ड्रागन बोट रेस प्रतियोगितामा भाग लिन १२९ चिनियाँ खेलाडी पोखरामा

पोखरा । पोखरामा हुने दोस्रो संस्करणको नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस प्रतियोगितामा भाग लिन १२९ चिनियाँ खेलाडी विमान चार्टर गरेर शुक्रबार विहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएको छ । फेवातालमा पुस १४ र १५ मा हुने दोस्रो अन्तर्राष्ट्रिय ड्रागन बोट रेसमा सहभागी हुने १ सय २९ जनाको चिनियाँ टोलीलाई लिएर विमान आएको हो । खेलाडीलाई पोखराका मेयर धनराज आचार्यसहितले स्वागत गरेका थिए । फेस्टिभलमा चीनको ८, सिंगापुरको १ र नेपालको ११ टिम सहभागी हुँदैछ । यसअघिको फेस्टिभलमा पनि सिचुवानकै चार्टर जहाजमा… पुरा पढौ

पोखरामा बेलुन महोत्सव सुरु

पोखरा । पोखरामा मंगलबारदेखि अन्तर्राष्ट्रिय बेलुन महोत्सव सुरु भएको छ । बेलुन नेपाल प्रालिको आयोजनामा भएको ‘बीवाईडी इन्टरनेसनल बेलुन महोत्सव’ १७ गतेसम्म सञ्चालन हुनेछ । ९ दिनसम्म चल्ने पहिलो संस्करणको महोत्सवमा झन्डै आज १३ ओटा बेलुन पोखराको आकाशमा उडेको छ । महोत्सवमा अमेरिका, स्पेन, लिथुवानिया, थाइल्यान्ड, भियतनामलगायत विभिन्न देशको प्रतिनिधित्व छ । महोत्सवमा हरेक साँझ आतिशबाजी प्रदर्शन, बेलुन दौड र क्याम्पिङ पनि आयोजना हुनेछ । महोत्सवले पोखरा र नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्नुका साथै साहसिक पर्यटनलाई पनि अगाडि बढाउने… पुरा पढौ

बन्दीपुर भ्रमण वर्षको प्रचारप्रसार गर्दै गाउँपालिका

दमौली (तनहुँ) । जिल्लाको बन्दीपुर गाउँपालिकाले बन्दीपुर भ्रमण वर्ष २०२५ सफल बनाउन प्रचारप्रसार र प्रवर्द्धन सुरु गरेको छ । बन्दीपुर भ्रमण वर्ष सफल पारी पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पालिकाले अभियान सञ्चालन गरेको हो । गाउँपालिकाको नेतृत्वमा काठमाडौँमा विभिन्न संघसंस्था, प्रतिष्ठित व्यक्तिहरूसँग भेटघाट गरी भ्रमण वर्ष सफल बनाउन छलफल गरिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए । पालिकाका अध्यक्ष थापाको नेतृत्वमा उपाध्यक्ष पञ्चमाया गुरुङ, पर्यटन शाखा प्रमुख सुरज भट्टराई, बन्दीपुर भ्रमण वर्ष २०२५ का संयोजक वैश गुरुङ, राजु बानियाँलगायत प्रतिनिधिको टोली काठमाडौँ… पुरा पढौ