पर्यटन

मुस्ताङमा सन् २०२५ मा विदेशी पर्यटकको सङ्ख्या १८ प्रतिशतभन्दा बढीले वृद्धि

मुस्ताङ । धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन संख्या वृद्धि भएको छ । यहाँ सन् २०२४ को अनुपातमा सन् २०२५ मा २५ हजार ४०३ जना विदेशी पर्यटकको संख्या वृद्धि भएको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले जनाएको छ ।  सन् २०२५ मा समग्रमा गत वर्षभन्दा १८ दशमलव ७१ प्रतिशतले पर्यटकको आवागमन वृद्धि भएको जनाइएको छ ।  उक्त वर्षको जनवरीदेखि डिसेम्बर ३१ तारिखसम्म यहाँ कुल एक लाख ६१ हजार १२२ जना विदेशी पर्यटक भित्रिएको एक्याप… पुरा पढौ

अत्यधिक चिसोमा पनि मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको चहलपहल

मुस्ताङ । अत्यधिक चिसो हुँदा पनि मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको भीड लागेको छ । समुन्द्री सतहबाट तीन हजार ८०० मिटर उचाइमा रहेको हिन्दु तथा बौद्धधर्मालम्बीहरुको प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथमा चिसोमा पनि दर्शनार्थीको सङ्ख्या नघटेको मुक्तिनाथ विकास समितिका कार्यालय व्यवस्थापक दिनेश भुसालले जानकारी दिए । अघिल्लो वर्षमा चिसो बढ्न थालेसँगै दर्शनार्थी घट्ने गरे पनि यस वर्ष भने आउनेहरू नघटेको उनको भनाइ छ । अत्यधिक चिसोका कारण स्थानीयको जनजीवनमा प्रतिकूल बनेको छ । अहिले मन्दिर रहेको स्थानमा बिहान र बेलुकी तापक्रम माइनस १५… पुरा पढौ

बन्दीपुरमा एकैसाथ एक हजार जनाद्वारा चुड्का नाच प्रदर्शन

दमौली (तनहुँ), १५ पुस । बन्दीपुर भ्रमण वर्षको अवसरमा आज यहाँ बृहत् चुड्का नाच प्रदर्शजन गरिँदैछ । बन्दीपुर भ्रमण वर्ष र तमु ल्होसारको अवसर पारेर बन्दीपुर गाउँपालिका–४ टुँडिखेलमा एकैपटक एक हजार जनाले चुड्का नाच प्रदर्शन गर्दैछन् । उक्त कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको चुड्का नाचका संयोजक एवं पर्यटनविद् हरिसिंह गुरुङले जानकारी दिए । चुड्का नाचका लागि केहीदिनदेखि दमौली आसपासका विद्यालय, क्याम्पसका विद्यार्थीलाई नृत्य सिकाइएको थियो । तनहुँको कला, संस्कृति प्रवर्द्र्धन गर्ने र बन्दीपुरको पर्यटन प्रवर्द्धन गर्ने उद्धेश्यसहित कार्यक्रमको आयोजना गरिएको… पुरा पढौ

पोखराको पर्यटनका लागि ‘सडक र हवाई कनेक्टिभिटी’ महत्वपूर्ण: मन्त्री घिसिङ

पोखरा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले पर्यटकीय राजधानी पोखराको पर्यटन विकासका लागि अन्य देशसँगको सडक र हवाई कनेक्टिभिटी महत्वपूर्ण रहेको बताएका छन् । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन नेपाल (रेवान) पोखराको आयोजनामा फेवाताल किनारमा आजदेखि सुरु भएको २७औँ संस्करणको पोखरा सडक महोत्सवको उद्घाटन गर्दै मन्त्री घिसिङले पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रिय उडान गर्न सरकारले प्राथमिकता दिएको बताएका हुन् । “पोखराको विकासका लागि चीनको कोरला नाकासम्मको सडक सञ्जाल र पोखरा विमानस्थलबाट अन्तरराष्ट्रिय उडान हुनु आवश्यक छ । एयर कनेन्टिभिटीलाई सरकारले प्राथमिकता… पुरा पढौ

आहा ! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम थालिएको छ । यसका  लागि आलिताल गाउँपालिकाले आलिताल-३ मा स्थित तालको संरक्षणका लागि कार्ययोजना बनाएको छ ।  गाउँपालिकाको नामकरण नै यही तालको नामबाट भएको  छ । आलितालमा पर्यटक भित्र्याउने उद्देश्यले राष्ट्रपति चुरे तराई मधेस संरक्षण समिति र आलिताल गाउँपालिकाले भौतिक पूर्वाधार विकासको पहल गरिरहेका छन् । आलिताल गाउँपालिकाका अध्यक्ष शेरसिंह पार्कीका अनुसार चालु आर्थिक वर्षमा ताल क्षेत्रको पुनर्निर्माण र थप संरचना विकासका लागि गाउँपालिकाले रु. ९० लाख बजेट विनियोजन गरेको… पुरा पढौ

महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान

पोखरा । शिरानमा चाँदी जस्तै टल्किरहेका माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खला । तल फेवा, बेगनास, रुपा, मैदीदेखि दिपागं र गुँदे, खास्टे, न्यरेनीसम्मका तालले शृंगारिएको पोखरा । यो सुन्दरतालाई आकाशबाट हेर्न चाहनेका लागि लोकप्रिय ‘अल्ट्रा लाइट उडान’ अहिले सुस्ताएको छ । अल्ट्रालाइटको उडानमार्फत हावाको बेगसँग रमाउने पर्यटकको अहिले अभाव हुन थालेको छ । दुई जना मात्र बस्न मिल्ने, हेर्दा सानो र आकाशमा उड्दा रंगीचंगी पुतली जस्तै देखिने भएकाले यसलाई स्थानीयहरू पुतली जहाज पनि भन्छन् । कुनै समय पर्यटकीय नगरी पोखरामा साहसिक पर्यटकलाई… पुरा पढौ

पोखराबाट भारतका पर्यटकीय सहरमा सिधा उडानको पहलका लागि आग्रह : मुख्यमन्त्री

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट भारतका पर्यटकीय सहरहरूमा सिधा उडानका लागि पहल गर्न भारतीय राजदूतावास एवं सम्बद्ध सबैमा आग्रह गरेका छन् । नेपालका लागि भारतीय राजदूतावास, पोखरा भ्रमण वर्ष २०२५, पोखरा पर्यटन परिषद्, उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको सहकार्यमा पोखरामा आज आयोजित ‘सेकेन्ड इन्डिया–नेपाल टुरिज्म मिट’लाई सम्बोधन गर्दै उनले आफूहरूले सोचेअनुसार पोखराबाट नेपालभित्र र बाहिरका पर्यटकीय सहरमा सिधा उडान गर्न नसकिएकोे बताए । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रिय उडानका… पुरा पढौ