पर्यटन

पोखरामा प्याराग्लाइडिङ पुनः सञ्चालनको तयारी, च्याम्पियनसिपमार्फत औपचारिक सुरुआत हुने

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँगै रोकिएको प्याराग्लाइडिङ खेल पुनः सञ्चालनमा ल्याउने तयारी अघि बढाइएको छ। लामो समयदेखि स्थगित रहेको यो साहसिक खेल अब पुनः सुरु हुने भएको हो। आन्तरिक तथा बाह्य पर्यटकबीच लोकप्रिय मानिएको प्याराग्लाइडिङ विगतमा दैनिक रूपमा ठूलो संख्यामा सञ्चालन हुँदै आएको थियो। विमानस्थल निर्माणपछि आकाशीय गतिविधिमा प्रतिबन्ध लागेसँगै यो सेवा बन्द भएको थियो। हाल मौसम अनुकूल बन्दै जानुका साथै अन्नपूर्ण र माछापुच्छ्रे हिमश्रृंखलालगायतका प्राकृतिक दृश्य अवलोकनका लागि पोखरा आउने पर्यटकको सङ्ख्या बढ्न थालेको छ। यससँगै प्याराग्लाइडिङप्रतिको आकर्षण पनि पुनः… पुरा पढौ

तीन महिनापछि पोखरा-जोमसोम हवाई सेवा सञ्चालन

हिउँदयामको प्रतिकूल मौसम तथा पर्यटकीय अफसिजनका कारण विगत तीन महिनादेखि बन्द रहेको (पोखरा-जोमसोम) हवाई सेवा सोमबारदेखि सञ्चालनमा आएको छ । तर, (पोखरा–जोमसोम) हवाई सेवा सञ्चालनका लागि सोमबार तारा एयरलाइन्सको उडान र मंगलबार तारा एयरलाइन्स र समिट एयरलाइन्सको उडान तालिका तय गरिएको भए पनि प्रतिकूल मौसमका कारण हवाई उडान सुरु हुन नसकेको जोमसोम नागरिक उड्डयन कार्यालयले जनाएको छ । यसअघि (पोखरा-जोमसोम) हवाई उडान गर्दै आइरहेको निजी वायुसेवा कम्पनी तारा एयरलाइन्सले डिसेम्बर ४ तारिखदेखि मार्च १ तारिखसम्म हवाई सेवा बन्द गर्ने निर्णय… पुरा पढौ

सत्कारले लोभिन्छन् घरबासका पाहुना

गलकोट (बागलुङ) । साँझमा घरधन्दा सकेका घरबास सञ्चालकहरू सयपत्री फूलको माला हातमा लिएर दैलोमा उभिएका थिए । गाउँघरको खेतीपाती, घरधन्दा सकेर आराम गर्ने साँझमा पाहुनालाई स्वागत सत्कारमै व्यस्त हुन्छन् बागलुङको भकुण्डेस्थित अतिथि सत्कार घरबासका सञ्चालक । बागलुङ बजारमा जन्मिएर कर्मथलो अमेरिका बनाउँदै आएकी अनुसिया श्रेष्ठ पहिलोपटक घरबास पुग्दा स्वागत र सत्कारले दंग परेका थिए । बागलुङकै पहिलो सामुदायिक घरबासमा पुगेकी श्रेष्ठलाई साँझ सयपत्री फूलको मालाले स्वागत गरियो भने भोलिपल्ट लालीगुराँस फूल दिएर बिदाइ गरेको क्षणले मन लोभ्याएको बताउछिन् । “गाउँघरको… पुरा पढौ

एक महिनामै १ लाख ५ हजार पर्यटक भित्रिए

काठमाडौँ। फेब्रुअरी २०२६ मा १ लाख ५ हजार ४ सय ४१ पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागलाई उद्धत गर्दै नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार यस महिना गत वर्ष सोही अवधिको तुलनामा ११ हजारभन्दा धेरै पर्यटक नेपाल आएका छन् । फेब्रुअरी २०२५ मा ९६ हजार ८ सय ८० पर्यटक नेपाल आएका थिए । गत वर्षको तुलनामा यस वर्ष ८.८ प्रतिशत पर्यटक बढेका हुन् । २०१९ को तुलनामा समेत आगमनमा सुधार भएको छ । त्यस वर्ष १ लाख २… पुरा पढौ

मुस्ताङमा सात महिनामा तीन लाख २५ हजार बढी पर्यटक भित्रिए

मुस्ताङ। चालु आर्थिक वर्षको सात महिनामा तीन लाख २५ हजार ५५८ जना पर्यटक मुस्ताङ भित्रिएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार चालु आवको साउनदेखि माघसम्म विदेशी ६९ हजार ८१४ र स्वदेशी दुई लाख ५२ हजार ६६४ पर्यटक मुस्ताङ भित्रिएका हुन् । जिल्ला प्रहरी कार्यालयका अनुसार राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकमार्ग हुँदै चालु वर्षको साउनमा १९ हजार ७८१, भदौमा २३ हजार २०५, असोजमा ७५ हजार ५९९, कात्तिकमा ८३ हजार ७६६, मङ्सिरमा ४९ हजार ५०, पुसमा ३९ हजार १५३ र माघमा ३२ हजार… पुरा पढौ

पर्यटकीय गाउँ धम्पुसमा थपियो पर्यटकीय आकर्षण आलडाँडा उद्यान

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ को पर्यटकीय गाउँ धम्पुसमा आलडाँडा उद्यान (पार्क) निर्माण गरिएको छ । पर्यटकीय गाउँका रूपमा राष्ट्रिय अन्तरराष्ट्रिय क्षेत्रमा परिचित धम्पुसमा यस उद्यानले थप पर्यटन आकर्षण बढाउने र पर्यटकको बसाइ लम्ब्याउने अपेक्षा गरिएको छ । उद्यानमा बसेर आरामसहित मनोरम दृश्यावलोकन गर्न सकिने छ । उद्यानमा धम्पुस ब्रेकन भगिनि सम्बन्ध स्थापनाको स्मारक राखिएको छ । ढुङ्गैढुङ्गाले बनेको यस स्मारकले स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्नेछ । दुई रोपनी जमिनमा रहेको उद्यानबाट उत्तरतर्फ लहरै ठडिएका हिमशृङ्खला तथा हेमजा र… पुरा पढौ

२५ वर्षमा २६ लाख विदेशी पर्यटकले घुमे अन्नपूर्ण

गण्डकी । पदयात्रा पर्यटनका लागि विश्व प्रसिद्ध गन्तव्य अन्नपूर्ण क्षेत्रमा पछिल्ला २५ वर्षमा २६ लाख ३२ हजार चार सय विदेशी पर्यटक भित्रिएका छन् ।  अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार सन् २००१ मा ६५ हजार ३१३ पर्यटक आएकामा सन् २०२५ मा हालसम्मकै बढी दुई लाख ९९ हजार ८३१ पर्यटक भित्रिएका छन् । उक्त अवधिमा सबैभन्दा कम सन् २०२१ मा जम्मा १६ हजार १०५ पर्यटकले यस क्षेत्रको भ्रमण गरेको ‘एक्याप’को आँकडाले देखाएको छ ।  कोभिड–१९ महामारी कारण त्यस वर्ष पर्यटक आगमनमा… पुरा पढौ