पर्यटन

नेपालगञ्ज-दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण

नेपालगञ्ज । निजी क्षेत्रले नेपालगञ्ज-दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण गराएको छ । सो उडान सन्दर्भमा आइतबार नेपालगञ्जमा अर्थमन्त्री रामेश्वर खनालमार्फत प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापन पत्र बुझाउँदै उद्योग वाणिज्य संघ, नेपालगञ्जका अध्यक्ष टंक धामीले विगत एक दशकदेखि नेपालगञ्ज–दिल्ली हवाई उडानका लागि निरन्तर प्रयास गर्दै आएको बताए । उनले सिधा हवाई सम्पर्कले यस क्षेत्रको व्यापार उद्योग, पर्यटनलगायतका क्षेत्र चलायमान हुने भएकाले उडानका लागि पूर्वाधार निर्माणसमेत भएकामा सरकारका तर्फबाट नीतिगत र कार्यान्वयनका कदम चाल्न आग्रह गरे। अर्थमन्त्री खनालले अहिलेको सरकार विशेष… पुरा पढौ

चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ । अत्याधिक चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजीवन प्रभावित बन्दै गएको छ। दिउँसो घाम लाग्दाको पारिलो समय केही न्यानो महसुस गरिए पनि बिहान र बेलुकीको समय चिसोले स्थानीयवासी तथा सुरक्षा निकाय र कर्मचारीको दैनिक जनजीवन कष्ठकर बन्न थालेको छ। माथिल्लो मुस्ताङमा अत्यधिक चिसोका कारण बिहान र बेलुकीको तापक्रम माइनस १५ डिग्रीसम्म पुग्ने गरेको लोमान्थाङ(२ छोसेका वडाध्यक्ष कर्मा नाम्गेल गुरुङले जानकारी दिए।वडाध्यक्ष गुरुङका अनुसार अत्यधिक चिसोका कारण सिँचाइ कुलो, घरघरका धाराको पानी, शौचालयको सेफ्टी ट्यांकी र शाखा नदीमा हिउँ जम्ने गरेको… पुरा पढौ

अन्नपूर्ण संरक्षण क्षेत्रको प्राकृतिक आकर्षणले पर्यटक लोभ्याउँदै

गण्डकी । गण्डकी प्रदेशको राजधानी पोखरा प्राकृतिक सुन्दरताका साथै ऐतिहासिक सम्पदाका कारण विश्वमाझ परिचित छ । पोखरा मात्र नभई समग्र गण्डकी प्रदेशले प्रकृति, संस्कृति र साहसिक पर्यटनका कारण अन्तर्राष्ट्रिय रूपमा चर्चा कमाइरहेको छ । विश्वमा हिमाल आरोहणको इतिहास रच्ने अन्नपूर्ण प्रथमदेखि गण्डकी प्रदेशका थुप्रै प्राकृतिक पर्यटकीय पूर्वाधारले स्वदेशी एवं विदेशी पर्यटकको मन लोभ्याएको छ । यस्तै प्राकृतिक पर्यटकीय पूर्वाधारमध्येको अन्नपूर्ण संरक्षण क्षेत्र यहाँको महत्त्वपूर्ण पर्यटकीय आकर्षक गन्तव्य हो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)अन्तर्गत समेटिएको यस क्षेत्रको प्राकृतिक, सांस्कृतिक सम्पदा… पुरा पढौ

पर्यटन बोर्डमा ‘फोटो नेपाल’ को १००औँ संस्करण सुरु

काठमाडौँ । नेपाल पर्यटन बोर्डमा ‘फोटो नेपाल’ अभियानको १००औँ संस्करण सुरु भएको छ । पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले बोर्डको दृश्य-संवाद अभियान फोटो नेपालको नयाँ संस्करण अन्तर्गत क्यानभासमा कलाकृति सिर्जना गरेर उद्घाटन गरेका छन् । फोटो नेपाल मार्फत बोर्डले नेपाल र विश्वभरिका कलाकार, फोटोग्राफर र दर्शकलाई दृश्य, कथा कथन र सांस्कृतिक अभिव्यक्तिबाट जोड्दै आएको छ । सुष्मा आर्ट ग्यालरीसँगको सहकार्यमा बोर्डले १२ देखि १४ मंसिर २०८२ मा भृकुटीमण्डप परिसरमा फोटो नेपाल अन्तर्राष्ट्रिय समूह चित्रकला प्रदर्शनी आयोजना गर्दै… पुरा पढौ

सिद्धगुफाको प्रवर्द्धन गर्दै बन्दीपुर गाउँपालिका

तनहुँ । बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित सिद्धगुफाको प्रवर्द्धनमा गाउँपालिका जुटेको छ। प्रचुर सम्भावना बोकेर पनि ओझेलमा परेको सिद्धगुफाको प्रचारप्रसार गर्दै धेरैभन्दा धेरै पर्यटक भित्र्याउन गाउँपालिका लागिपरेको हो। पृथ्वीराजमार्गबाट २० मिनेट पैदलयात्रामार्फत पुगिने सिद्धगुफाको प्रचारप्रसार गर्न सकिए धेरै पर्यटक भित्र्याउन सकिने बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापा बताउँछन्। तर यसको सोचेअनुसार प्रचारप्रसार हुन नसक्दा पर्यटकको उल्लेख्य आगमन हुन नसकेको उनको भनाइ छ। उनले भने, “यसको जति मात्रामा प्रचारप्रसार भयो त्यति गुफामा आउने मानिसको चहलपहल बढ्छ। यसले बन्दीपुरको पर्यटन पनि उचालिन्छ र यहाँका स्थानीयको… पुरा पढौ

विश्वको सबैभन्दा अग्लो तिलिचोको मैदानमा ऐतिहासिक कुस्ती प्रतियोगिता

मनाङ । विश्वको सबैभन्दा अग्लो उचाइमा रहेको तिलिचो ताल (४,९१९ मिटर) मा आज एक ऐतिहासिक कुस्ती प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। हिमाली वातावरणमा सम्पन्न ‘क्लास अफ द टाइटन्स’ कार्यक्रममा नेपाली र अमेरिकी कुस्ती खेलाडीहरूबीचको सौहार्दता अझ हेर्न लायक थियो । यो प्रतियोगिताले हिमालको काखमा रहेको तिलिचो तालको प्राकृतिक सौन्दर्यलाई विश्वमाझ अझ प्रख्यात बनाएको छ । दुवै देशका शीर्ष कुस्ती खेलाडीहरूले अक्सिजनको अभाव, तीव्र हावापानी र दुर्गम भूगोललाई पराजित गर्दै खेलप्रतिको आफ्नो लगाव र प्रदर्शन गरेका थिए । यो प्रतियोगिताले मानवीय सहनशक्ति… पुरा पढौ

गण्डकीमा हिमाल आरोहणको आकर्षण अझै बढ्न सकेन

गण्डकी । गण्डकी प्रदेश आफैँमा पर्वतीय पर्यटनको दृष्टिले विश्वकै उत्कृष्ट गन्तव्य मध्येमा पर्छ । विश्वकै हिमाल आरोहणको जेठो हिमाल अन्नपूर्ण प्रथम यही प्रदेशमा नै पर्दछ । हिमाल आरोहणका दृष्टिबाट विश्वमा नै इतिहास रच्न सफल अन्नपूर्ण प्रथम रहेको यो प्रदेशअन्तर्गतका हिमालहरूमा आरोहणको अवस्था अत्यन्त नगण्य मात्रामा पाइन्छ । सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेली नागरिक मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको आरोहण गरी विश्व कीर्तिमान राखेसँगै विश्वमा नै हिमाल आरोहणको विषयले चप चासो र चर्चा पाएको हो । समुद्री सतहबाट… पुरा पढौ