अन्तर्राष्ट्रिय

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प, कम्तिमा १३२ जनाको मृत्यु

एजेन्सी । कोलम्बियामा सोमबार गएको ७.४ म्याग्निच्युडको भूकम्पबाट मृत्यु हुनेको संख्या १३२ पुगेको छ । भूकम्पपछि सयौँ मानिस सम्पर्कविहीन रहेको विवरण सार्वजनिक भएको छ । प्रारम्भिक विवरणमा कोलम्बियाली सरकारले १११ जनाको मृत्यु र ८७ जना घाइते भएको जानकारी दिएको थियो । पछिल्लो विवरणअनुसार कोलम्बियन एसोसिएसन अफ क्यापिटल सिटिजले मृतकको संख्या १३२ पुगेको र ५७० जना घाइते भएको जनाएको छ । कोलम्बियन जियोलोजिकल सर्भिसका अनुसार उक्त भूकम्प चालु शताब्दीमा कोलम्बियामा अभिलेख भएको सबैभन्दा शक्तिशाली भूकम्प हो । भूकम्पबाट पश्चिमी क्षेत्रमा रहेका… पुरा पढौ

बैंककको एक बारमा आगलागी हुँदा २७ जनाको मृत्यु

थाइल्याण्डको राजधानी बैंककस्थित बारमा भीषण आगलागी हुँदा २७ जनाको मृत्यु भएको छ भने ६० भन्दा बढी घाइते भएका छन्। थाइल्याण्डका प्रधानमन्त्री अनुटिन चानविराकुलले घटनास्थलको निरीक्षण गर्दै मृत्यु हुनेमा ९ जना पुरुष र १८ जना महिला रहेको पुष्टि गरेका छन्। घाइतेहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ। अग्निनियन्त्रकहरूका अनुसार सोमबार मध्यरात स्थानीय समय अनुसार ११: ३० बजे आगलागी भएको थियो। उत्तरी बैंककको ना लाडफ्राओ पबमा लागेको आगो करिब आधा घण्टापछि नियन्त्रणमा आएको थियो। आगलागीको कारणबारे अनुसन्धान भइरहेको थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चार्नविराकुलले बताएका… पुरा पढौ

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश

बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको लस एन्जलस स्टेडियममा आज भएको क्वार्टरफाइनल खेलमा बेल्जियमलाई २–१ गोलले पराजित गर्दै स्पेन सेमिफाइनलमा प्रवेश गरेको हो । स्पेनको जितमा फेबियन रुइज र मिकेल मेरिनोले एक एक गोल सामेल थियो । खेलको ३०औँ मिनेटमा फेबियन रुइजले गोल गर्दै स्पेनलाई १–० गोलको अग्रता दिलाए । खेलको ४१औँ मिनेटमा बेल्जियमका खेलाडी चाल्र्स डे केटलेरले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा पुर्‍याए । त्यसपछि खेलको ८८औँ मिनेटमा स्पेनका मिकेल मेरिनोले… पुरा पढौ

जर्मनीलाई हराउँदै पारग्वे अन्तिम १६ मा प्रवेश

चार पटकको विजेता जर्मनीलाई पेनाल्टीसुटआउटमा स्तब्ध पार्दै पाराग्वे फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । अमेरिकाको बोस्टन स्टेडियममा मंगलबार बिहान भएको राउण्ड अफ ३२ को खेलमा दक्षिण अमेरिकी राष्ट्र पाराग्वेले जर्मनीलाई सडनडेथमा ४-३ ले पराजित गरेको हो । पाराग्वेका लागि जोसे क्यानालेले निर्णायक पेनाल्टी प्रहार गोल गरेका हुन् । जर्मनी विश्वकपमा पेनाल्टीसुटआउटमा पराजित भएको यो पहिलो पटक हो । सन् २००२ मा जापानमा कोरियामा भएको विश्वकपको अन्तिम १६ मा जर्मनीसँगै पराजित भएको पाराग्वेले २४ वर्षपछि त्यो… पुरा पढौ

भेनेजुएला भूकम्प अपडेट: मृत्यु हुनेको संख्या करिव ६ सय पुग्यो

एजेन्सी । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा कम समयको अन्तरमा आएका दुई शक्तिशाली भूकम्पले व्यापक जनधनको क्षति पुर्‍याएको छ । कम्तीमा ५८९ जनाको मृत्यु भएको र करिब चार हजार भन्दा धेरै घाइते भएको बीबीसीले जनाएको छ । भग्नावशेषमुनि अझै पनि धेरै मानिस फसेको आशङ्का गरिएकाले उद्धार कार्य तीव्र पारिएको छ । तर भेनेजुएलाका सरकारी अधिकारीहरुले भने मृत्यु हुनेको संख्या करिव ३ सयको हाराहारी रहेको तथ्याङ्क सार्वजनिक गरेका छन । संयुक्त राज्य अमेरिकाको भूगर्भीय सर्वेक्षणका अनुसार ७.२ र ७.५ म्याग्निच्युडका दुई… पुरा पढौ

भेनेजुएला भूकम्प: मृतकको संख्या २३५ पुग्यो, १५०० भन्दा बढी घाइते

एजेन्सी । दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलामा गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेहरूको संख्या २ सय ३५ पुगेको छ। एकपछि अर्को गर्दै आएका दुईवटा शक्तिशाली भूकम्पका कारण देशमा व्यापक जनधनको क्षति भएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (USGS) का अनुसार पहिलो ७.२ म्याग्निच्युडको भूकम्प गएको केही सेकेन्डमै अर्को ७.५ म्याग्निच्युडको महाभूकम्प गएको थियो। भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष जर्ज रोड्रिगेजका अनुसार हालसम्म २३५ जनाको मृत्यु भइसकेको पुष्टि भएको छ भने १,५०० भन्दा बढी घाइते भएका छन्। भग्नावशेषभित्र मानिसहरू च्यापिएका र अझै ४० हजारभन्दा… पुरा पढौ

विश्वकप फुटबल : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ । अमेरिकाको न्युयोर्क न्यु जर्सी स्टेडियममा आज भएको खेलमा जर्मनीलाई २–१ को गोल अन्तरले पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश गरेको हो । खेलमा पहिलो अग्रता भने जर्मनीले लिएको थियो । खेल सुरु भएको दोस्रो मिनेटमा लेरोय सानेले गोल गरेपछि जर्मनीले अग्रता लिएको हो ।  त्यसपछि खेलको नवौँ मिनेटमा इक्वेडरका निल्सन एङ्गुलोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।  खेलको दोस्रो हाफको ७७ औँ मिनेटमा इक्वेडरका अर्का… पुरा पढौ