अन्तर्राष्ट्रिय

मध्यपूर्वमा तनाव चर्कँदा विश्वभर असर

मध्यपूर्वमा जारी युद्ध थप व्यापक बन्दै जाँदा खाडी क्षेत्रदेखि युरोपसम्म यसको असर फैलिएको छ । क्षेप्यास्त्र र ड्रोन आक्रमण, प्रतिआक्रमण, ऊर्जा पूर्वाधारमा क्षति र कूटनीतिक सक्रियता एकैसाथ तीव्र बनेका छन्, जसले क्षेत्रीय सुरक्षा मात्र नभई, विश्वव्यापी स्थायित्वमा पनि चिन्ता बढाएको छ । शुक्रबार खाडी क्षेत्रका विभिन्न देशहरूमा आक्रमण र प्रतिरक्षात्मक कारबाही देखिएको छ । एमिराटी र कुवेतका अधिकारीहरूले आफ्नो हवाई सुरक्षा प्रणालीले क्षेप्यास्त्र आक्रमणलाई जवाफ दिइरहेको बताएका छन् । साउदी अरबको रक्षा मन्त्रालयले देशको पूर्वी भागमा १० वटा र उत्तरी… पुरा पढौ

इजरायली आक्रमणमा मार्च २ पछि २६ जना स्वास्थ्यकर्मीको मृत्यु भएको लेबनानद्वारा पुष्टि

बेरुत । इजरायल र हेजबुल्लाहबीच द्वन्द्व सुरु भएयता इजरायली आक्रमणमा २६ जना प्यारामेडिक्स (स्वास्थ्यकर्मी)को मृत्यु हुनुको साथै अन्य ५१ जना घाइते भएको लेबनानको स्वास्थ्य मन्त्रालयले शनिबार जनाएको छ। लेबनानी अधिकारीहरूले दक्षिणी शहर बुर्ज कलवियाको एक स्वास्थ्य केन्द्रमा काम गर्ने १२ जना चिकित्सक र नर्सहरूको मृत्यु भएको बताएका छन्।  सावानेह शहरमा भएको अर्को आक्रमणपछि हेजबुल्लाहसँग सम्बन्धित दुई स्वास्थ्यकर्मी र एक सहयोगीको मृत्यु भएको थियो। इजरायली सेनाले शनिबार हेजबुल्लाहले सैन्य गतिविधिका लागि एम्बुलेन्स प्रयोग गरेको आरोप लगाएपछि लेबनानी मन्त्रालयले इजरायलले बारम्बार ‘एम्बुलेन्स… पुरा पढौ

अमेरिकी सैन्य कारबाहीमा इरानी : नौ सेनालाई ठूलो क्षति, ४२ जहाज ध्वस्त

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्ला तीन दिनको अवधिमा अमेरिकी सेनाले इरानका ४२ वटा नौ सैनिक जहाज नष्ट गरेको दाबी गरेका छन् । फ्लोरिडा राज्यको डोराल शहरमा आयोजित ‘शील्ड अफ द अमेरिकाज समिट’ कार्यक्रममा पश्चिमी १२ देशका नेताहरूलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ट्रम्पका अनुसार हालै गरिएको सैन्य कारबाहीका क्रममा अमेरिकी सेनाले इरानको नौसेनालाई ठूलो क्षति पुर्‍याएको छ । उनले इरानको हवाई शक्ति कमजोर पारिएको तथा देशको मुख्य सञ्चार तथा दूरसञ्चार प्रणाली समेत ठप्प पारिएको दाबी गरे। ट्रम्पले आफ्नो… पुरा पढौ

हवाई आक्रमणमा इरानी सेना प्रमुख र रक्षा मन्त्रीको पनि मृत्यु भएको पुष्टि

इरानका प्रमुख सेनापति अब्दुलरहिम मौसावी र रक्षामन्त्री अजिज नासिरजादेहको मृत्यु भएको पुष्टि भएको छ। अमेरिका र इजरायलको आक्रमणमा अन्य धेरै वरिष्ठ सैन्य अधिकारीहरू पनि मारिएको अन्तरर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। बीबीसी फारसीका अनुसार ,इरानको संस्था ‘द फाउन्डेसन फर द प्रिजर्भेसन अफ मोन्युमेन्ट्स एन्ड डिस्सेमिनेसन अफ सेक्रेड डिफेन्स भ्यालुजु ले मौसावीको मृत्युको पुष्टि गरेको छ।’ शनिबारको आक्रमणमा मौसावीसँगै रक्षामन्त्री अजिज नासिरजादेह,क्रान्तिकारी गार्ड्सका कमाण्डर मोहम्मद पाकपुर र सर्वोच्च रक्षा परिषद्का अध्यक्ष अली शामखानी पनि मारिएका छन्, इरानी संगठनले आफ्नो विज्ञप्तिमा भनेको छ।… पुरा पढौ

इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ । यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मारिएको बताएका थिए । ट्रम्पले ट्रुथ सोसलमार्फत् खामेनी मारिएको दाबी गरे पनि इरानबाट पुष्टि हुन सकेको थिएन । इरानका विदेशमन्त्री अब्बास अराघचीले त एनबीसी समाचार संस्थासँगको कुराकानीका क्रममा आफ्ना नेता सुरक्षित र स्वस्थ रहेको दाबी गरेका थिए । तर इरान राज्यको टेलिभिजनका एक प्रस्तोताले… पुरा पढौ

डोनाल्ड ट्रम्पले भने– इरानका सर्वोच्च नेता अली खामेनी मारिए

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मारिएको बताएका छन्। डोनाल्ड ट्रम्पले फेसबुकमार्फत यो जानकारी दिएका हुन् । उनले लेखेका छन्,‘अमेरिकासँगै इजरायलले तेहरानमा गरेको आक्रमणमा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मारिएका छन् । यसबाट इरानका जनतालाई, अमेरिकनहरुलाई र विश्वका धेरै देशका मानिसहरुलाई ‘न्याय’भएको टिप्पणी समेत गरेका छन् । यसअघि रोयटर्स समाचार एजेन्सी र इजरायली सञ्चारमाध्यमहरूले पनि ८६ वर्षीय इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी गरेका थिए । फक्स न्युज च्यानलले पनि अली खामेनी मारिएको समाचार… पुरा पढौ

इरानी विद्यालय भवनमा आक्रमण भएको विदेशमन्त्री अराघचीद्वारा जानकारी, मृत्यु हुनेको सङ्ख्या ८५ पुग्यो

तेहरान । इजरायलबाट गरिएको एक आक्रमणको निशानामा विद्यालय परेको र आक्रमणबाट कम्तीमा ८५ जनाको मृत्यु भएको इरानी अधिकारीलाई उद्धृत गरी स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि उक्त विद्यालयमा भएको आक्रमणमा परी ५३ जनाको मृत्यु भएको र ६३ जना घाइते भएको शिक्षा मन्त्रालयका प्रवक्तालाई उद्धृत गरी इरानको सरकारी इस्लामिक रिपब्लिक न्यूज एजेन्सी (आइआरएनए) ले जनाएको थियो । इरानी विदेशमन्त्री अराघचीले सामाजिक सञ्जाल एक्समा इरानको दक्षिणी भागमा केटीहरूका लागि प्राथमिक शिक्षा पढाइका लागि स्थापित विद्यालय भवनबाट धुवाँको मुस्लो निस्केको तस्बीर सार्वजनिक गरेका… पुरा पढौ