बाँके, १९ कात्तिक । कोहलपुर नगरपालिका–११ बसपार्कस्थित न्यू राप्ती होटलबाट दुर्लभ वन्यजन्तु रेडपाण्डाको २ फिट २ ईन्च लम्बाई भएको १ थान छाला सहित ४ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुर्खेत बराहताल गाउँपालिका–५ बस्ने २७ वर्षीय गणेश नेपाली, सोही स्थान बस्ने २८ वर्षीय लाल बहादुर नेपाली, दैलेख चामुण्डाबिन्द्रा नगरपालिका–५ बस्ने २२ वर्षीय दिनेश कार्की र सोही स्थान बस्ने २७ वर्षीय उमेश बहादुर थापा रहेका छन् । उक्त होटलमा रेडपाण्डाको छाला ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला…
पुरा पढौ