पहिरो

पहिरोका कारण देशका पाँच राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौँ । मुलुकका विभिन्न ठाउँमा परेको वर्षाका कारण आएको बाढीपहिरोका कारण प्रमुख पाँच राजमार्ग अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार पहिरोका कारण सङ्खुवासभाको भोटखोला गाउँपालिका-४ वरुणस्थित कोशी राजमार्ग, सङ्खुवासभाको मकालु गाउँपालिका-३ एकुवास्थित कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका हुन् । यस्तै, रसुवाको गोसाइँकुण्ड गाउँपालिका-२ पासाङल्हामु राजमार्गस्थित नेपाल-चीन जोड्ने मितेरी पुल, चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित मुग्लिङ-नारायणघाट सडकखण्ड र रुकुम पूर्वको भूमे गाउँपालिका-४ स्थित मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले… पुरा पढौ

सिद्धबाबामा सुख्खापहिरो जाँदा एकतर्फी सडक अवरुद्ध

बुटवल । सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्डमा खसेको पहिरोका कारण राजमार्ग एकतर्फी अवरुद्ध भएको छ । सिद्धबाबा मन्दिरको सुरुङमार्ग देखि २० मिटर पाल्पातर्फ सुरुङमार्गका लागि राखिएको कम्प्रेसर मेसिनमाथि सुख्खा पहिरो सहतिको ढुंगा खस्दा सडकको एकतर्फी अवरुद्ध भएको हो । सुरुङमार्गको कम्प्रेसर मेसिन महिरोमा परि पूर्णरुपमा पुर्ण रुपमा क्षति भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । मेसिनका टुक्राहरु र सुख्खा पहिरो थुप्रिएका कारण आवागमनमा समस्या भएपनि प्रहरी परिचालन गरेर एकतर्फी सडक सुचारु गरिएको जनाएको छ । पुरा पढौ

बेनी–जोमसोम सडक अवरुद्ध

म्याग्दी, १९ कात्तिक । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक आज साँझदेखि अवरुद्ध भएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिकाको बैसरी र अन्नपूर्ण गाउँपालिकाको महभीरमा पहिरो खसेका कारण सडक अवरुद्ध बनेको जिल्ला ट्राफ्रिक प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख प्रहरी राजकुमार केसीले आज दिउँसोदेखिको वर्षातका कारण सडकमा पहिरो खसेर सवारी साधन आवत–जावत रोकिएको जानकारी दिए । वर्षा नरोकिएको, रात परिससकेको र निरन्तर पहिरो खसिरहेकाले रातको समयमा बेनी–जोमसोम सडकमा यात्रा नगर्न उनले आग्रह गरे । बेनी–जोमसोम–कोरला सडक… पुरा पढौ

बुद्धसिंह मार्ग बीस दिनदेखि अवरुद्ध

दमौली (तनहुँ) । बुद्धसिंह मार्गअन्तर्गत नाल्दीघाट खण्ड २० दिनदेखि अवरुद्ध हुँदा सर्वसाधारण मारमा परेका छन् । चाडपर्वका बेला बाटो अवरुद्ध हुँदा कष्टकर यात्रा गर्नुपरेको उनीहरूको गुनासो छ । बुद्धसिंह मार्गका दजैनाँै ठाउँमा पहिरो खसे पनि अधिकांश ठाउँका पहिरा पन्छाइएको थियो । तर नाल्दीघाटको पहिरा अझैसम्म हटाइएको छैन । पहिरोका कारण उक्त सडकको व्यास नगरपालिकास्थित बेलबास, सुँडे, मास्दी, खहरे, नाल्दी, सराङघाट, तल्लो साराङघाट तथा प्यूघरलगायत स्थानमा सडक अवरोध भएको थियो । नाल्दीको पहिरा हटाउन पटकपटक माग गरे पनि सुनुवाइ नभएको बुद्धसिंह… पुरा पढौ

बाढीपहिरो र डुबानबाट दुई सय १७ जनाको मृत्यु, २८ जना बेपत्ता

काठमाडौँ । केही दिनअघिको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण हालसम्म दुई सय १७ जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता छन् ।  प्राकृतिक विपद्मा एक सय ४३ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए । बाढी, पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भइरहेको पनि उनले जानकारी दिए । बाढी प्रभावितलाई  खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको जानकारी दिइएको छ । सरकारले खोज, उद्धार र… पुरा पढौ

नारायणगढ–मुग्लिङ सडक फेरि अवरुद्ध

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–५ तीन किलोमा आज बिहान पहिरो खसेको हो । सोही स्थानमा बिहीबार मध्याह्नबाट अवरुद्ध भएको सडक शुक्रबार साँझ ५ बजेबाट मात्र सञ्चालनमा ल्याइएको थियो । पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको सडकमा पुनः पहिरो खसी सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । अठ्ठाइस घण्टा लगाएर पहिरो पन्छाएसँगै रोकिएर राखिएका सवारी साधनलाई गन्तव्यतर्फ पठाउने काम भइरहेको समयमा पुनः पहिरो खसेसँगै यस सडक भएर यात्रा गर्ने यात्रु… पुरा पढौ

स्याङ्जामा पहिरोमा परेर दुईको मृत्यु, आठ बेपत्ता

स्याङ्जा, ८ असोज । अविरल वर्षासँगै आएको पहिरोमा परेर स्याङ्जामा दुई जनाको मृत्यु भएको छभने आठ जना बेपत्ता भएका छन् । जिल्लाको बालिङ नगरपालिका–१४ तमाधीमा घरमाथीबाट आएको पहिरोमा पुरीएर आठ जना बेपत्ता भएका हुन् । सोही पहिरोमा पुरीएका एक जनाको शव निकालिएको छ । उनको पहिचान हुन बाँकी रहेको स्याङ्जा प्रहरीले जनाएको छ । घर माथिबाट झरेको पहिरो नरोकिएकाले उद्धारमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । यसैगरी स्याङ्जाकै कालिगण्डकी गाउँपालिका–४ बिर्घामा पहिरोमा परी एक जनाको मृत्यु भएको… पुरा पढौ