मर्दीन्यूज

आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी महानवमी पर्व मनाईंदै

२८ असोज । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैंघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ । पशुबलि नदिने र शाकाहारीहरुले भने महानवमीका दिनमा कुभिण्डो, घिरौंला, मूला, काँक्रो र… पुरा पढौ

पोखरामा लायन्स क्लबको पिस पोस्टर प्रतियोगिता सम्पन्न

मर्दीन्यूज संवाददाता ।: पोखरा, १५ मंसिर । सय वर्षको इतिहास बोकेको अन्तराष्ट्रिय सामाजिक संगठन लायन्स क्लबले विश्वभर आफ्ना शाखाहरुबाट विशेष शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सेवामुलक कामहरु गर्दै आइरहेको छ । संयुक्तराज्य अमेरिकाको सिकागओ ओक बूक इल्लियन्स शहरमा प्रधान कार्यालय रहेको यस संस्थाको विश्वभर करिब चौध लाख जति सदस्य रहेको छ । विश्वरभरी लायन्स क्लबहरुबाट बर्सेनी बालबालिकाहरुलाई चेतना अभिबृद्धिका लागि ‘शान्तिका लागि पिस पोस्टर प्रतियोगिता’ सञ्चालन गर्दै आइरहेको छ । यसै सन्दर्भमा पोखरामा पनि हालै विभिन्न स्कूलमा लायन्स क्लबबाट अन्तर स्तरीय… पुरा पढौ