नेपाल प्रहरी

प्रहरी महानिरीक्षकबाट एफपियु युनामिड मिसन जाने प्रहरी टोलीलाई बिदाइ

काठमाडौं, १४ कात्तिक । संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ फर्मड पुलिस युनिट (एफपियु) को रुपमा डार्फर, सुडानस्थित युनामिड मिसन १७औं समूहमा खटि जाने प्रहरी कर्मचारीहरुलाई प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच बिदाइ गर्नुभयो । बिदाइ समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले उक्त समूहका कन्टिनजेन्ट कमाण्डर प्रहरी उपरीक्षक सुरेन्द्र प्रसाद मैनालीलाई नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गर्नुभयो । प्रहरी महानिरीक्षक थापा क्षेत्रीले मिसनमा छनौट भई प्रशिक्षण कार्यमा समेत सफल भएका समूहका सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई हार्दिक वधाइ तथा… पुरा पढौ

प्रहरी हुँ भन्दै पैसा असुल्न खोजेको अभियोगमा पक्राउ

काठमाडौं, १६ असोज । प्रहरी कर्मचारी हुँ भन्दै धाकधम्की दिई काठमाडौं महानगरपालिका(१ नक्सालस्थित कन्टेक प्रालिमा गिट्टी बालुवा झारेको पैसा असुल्न खोजेको अभियोगमा भक्तपुर नयाँठिमी बस्ने ओखलढुङ्गा लिखु गाउँपालिका(३ दामनाङटार घर भएका ३२ वर्षीय कुल बहादुर बस्नेतलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । बस्नेत सहित ४ जनाले प्रहरी हुँ भन्दै उक्त प्रालिमा गिट्टी बालुवा झारेको पैसा माग्दै धाकधम्की दिई हुलहुज्जत समेत गरेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनामा संलग्न अन्य… पुरा पढौ

आइपीएलको सट्टाबाजी खेल खेलाएको अभियोगमा ३ जना पक्राउ

मोरङ, १४ असोज । यूएईमामा आयोजना भइरहेको ईन्डियन प्रमियर लिग (आइपीएल) क्रिकेट खेलमा अनलाइनमार्फत सट्टाबाजी खेल खेलाएको अभियोगमा ३ जनालाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका–१५ भट्टीमोड बस्ने ३८ वर्षीय मुन्ना भन्ने सत्यजित साह, ३८ वर्षीय बैजनाथ साह र सोही महानगरपलिका–१७ रानी बस्ने ४२ वर्षीय जगदिश साह रहेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले सत्यजितलाई मोबाईल फोनबाट आइपीएल खेल हार्ने वा जित्ने भनी अनलाईनमार्फत सट्टावाजी गरिरहेको अवस्थामा फेला पारी पक्राउ… पुरा पढौ

डलर देखाई रकम लुटपाट गरेको अभियोगमा पाँच जना पक्राउ

भक्तपुर, १० असोज । सूर्यबिनायक नगरपालिका–२ बालकोटस्थित रोज भिलेज नजिकबाट काठमाडौं धापासी बस्ने व्यक्तिलाई डलर देखाई नेपाली ५ लाख रुपैंया लुटेको अभियोगमा ५ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं गोकर्णेश्वर नगरपालिका–१ बस्नेहरु सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ घर भएका ३६ वर्षीय खेलबहादुर तामाङ, ३३ वर्षीय रेलबहादुर तामाङ, भक्तपुर मध्यपुर ठिमी नगरपालिका–९ बस्नेहरु सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–६ घर भएका ५६ वर्षीय श्यामबहादुर तामाङ, २५ वर्षीय रामकृष्ण तामाङ र ३२ वर्षीया कान्छी तामाङ रहेका छन् । लुटपाटको खबर प्राप्त हुनासाथ खटिएको… पुरा पढौ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काभ्रेपलाञ्चोक , ९ असोज । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी बनेपा नगरपालिका–४ श्रीखण्डपुर टोल बस्ने ५६ वर्षीया जयन्ती केसीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७१ वैशाख २९ गतेको फैसलाले छुट्टाछुट्टै २ वटा बैंकिङ कसुरमध्ये पहिलो मुद्दामा ९ करोड ४७ लाख ९२ हजार १ सय १६ रुपैयाँ ७८ पैसा जरिवाना र ३ वर्ष कैद तथा दोस्रो मुद्दामा २ करोड ३५ लाख रुपैयाँ जरिवाना र ३ वर्ष कैद सजाय ठहर भई फरार रहेकी उनलाई ईलाका प्रहरी कार्यालय बनेपाबाट… पुरा पढौ

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

काठमाडौं, ९ असोज । कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त मैतिदेवी बस्ने सिरहा विष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुर घर भएका २४ वर्षीय रवि कुमार यादवलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । २०७२ बैशाख १५ गते बिहान ललितपुर गोदावरी नगरपालिका–५ लेले फैडोल सामुदायिक वनमा सुनसरी ईटहरी नगरपालिका–४ भई ललितपुर चापागाउँ बस्ने २६ वर्षीया आरती परियारको धारिलो हतियार प्रहार गरी हत्या भएको घटनामा संलग्न रही फरार रहेका उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं मैतिदेवीबाट पक्राउ गरेको हो । अनुसन्धानको क्रममा घटनापश्चात यादव… पुरा पढौ

एक हजार दुई सय १६ थान नक्कली नोट सहित दुई जना पक्राउ

बारा, ८ असोज । सिम्रौनगढ नगरपालिका–९ बसवरिया नहरबाट १ हजार दरको नक्कली नोट १ हजार २ सय १६ थान सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बारागढी गाउँपालिका–५ सिघासनी बस्ने २३ वर्षीय बलिराम चौधरी र भारत बिहार मोतिहारी बस्ने २७ वर्षीय संदिप कुमार रहेका छन् । उक्त स्थानमा चोरीका मोबाइलहरू खरीद बिक्री भएको भन्ने सूचनाको आधारमा खटिएको स्थानीय प्रहरीले बा. ६४ प ९७०६ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई जाँच गर्ने क्रममा उक्त नक्कली नोटसहित फेला पारी… पुरा पढौ