#भैँसेगौंडा

राङभाङ–भैँसेगौंडा : जैविक सम्पदाले उज्यालिएको पर्यापर्यटनको नयाँ गन्तव्य

स्याङ्जाको पहाडी भूभागमा अवस्थित राङभाङ–भैँसेगौंडा बिहानको पहिलो घामसँगै चराको मधुर स्वरले ब्युँझिन्छ । वनका छायाँमा पुतलीहरू फर्फराउँछन्, घना जङ्गलभित्र चितुवा, चरी बाघ र दुम्सीजस्ता वन्यजन्तु आफ्नै संसारमा रमाइरहेका हुन्छन् । विविध वनस्पति, स्वच्छ वातावरण र प्राकृतिक सौन्दर्यले भरिएको यो गाउँ अब केवल सुन्दर बस्ती मात्र होइन, नेपालको जैविक विविधता संरक्षण र पर्यापर्यटन विकासको उत्कृष्ट उदाहरणका रूपमा चिनिन थालेको छ । यसै सम्भावनालाई उजागर गर्दै हालै ‘राङभाङ–भैँसेगौंडा बायोडाइभर्सिटी प्रोफाइल’ सार्वजनिक गरिएको छ । प्रकृतिका साथीहरू र मिलेनियम भैँसेगौंडा सामुदायिक होमस्टेको सहकार्यमा… पुरा पढौ