
सरकारले आगामी भदौ २३ गते ‘जेनजेड सहिद दिवस’का अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।
बैठकका निर्णयहरूबारे जानकारी दिँदै सरकारका प्रवक्ता सस्मित पोखरेलले अघिल्लो वर्ष भदौ २३ र २४ गते भएको घटनाको स्मरण र सहिदहरूप्रतिको सम्मान स्वरूप भदौ २३ गते देशभर सार्वजनिक बिदा दिने निर्णय भएको बताए।

