पोखरा, २७ मंसिर । चिसो बढेसँगै मुस्ताङका खोला तथा तालमा पानी जमेको छ ।
शुक्रबार बिहानदेखि हिमाली भागका विभिन्न जिल्लामा हिमपात भएको छ । त्यस्तै पश्चिममा हुम्ला, मुगु, डोल्पा जिल्लामा हिजोदेखि हिमपात सुरु भएको हो भने जुम्ला र कालिकोटमा रातिदेखि हिमपात सुरु भएको हो ।
चिसोका कारण हिमाली जिल्लामा जनजीवन कष्टकर बनेको छ । गाई वस्तुलाई घासपात गर्न समस्या भएको छ भने सडक र हवाई यातायात पूर्ण रुपमा ठप्प छ ।
सदरमुकाम जोमसोम नजिकै घरपझोङ गाउँपालिका–५ मा रहेको धुम्बा तालमा पनि पानी जमेको छ । चिसोका कारण बाहिर निस्कन नसकोको होटल याकका सञ्चालक शुष्मा घलेले बताए ।