धनुषा बम विस्फोटमा मृतकको संख्या ३ पुग्यो (अपडेट)

-


     मर्दी न्युज    
     २८ मंसिर २०७६ मा प्रकाशित


पोखरा, २८ मंसिर । धनुषाको महेन्द्रनगरमा बम विस्फोट हुँदा घाइते प्रहरी निरीक्षकको मृत्यु भएको छ । क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर शुक्रबार मध्यराति भएको बम विस्फोटमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अमिर दाहाल सख्त घाइते भएका थिए ।

प्रहरी निरीक्षक दाहालको उपचारको क्रममा धरानमा मृत्यु भएको हो ।

बम विस्फोटमा स्थानीय ४६ वर्षीय राजेश्वर साह र उनका छोरा २४ वर्षीय आनन्द साहको पनि मृत्यु भएको छ । यससँगै बम विस्फोटमा परी मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

बम विस्फोटमा प्रहरी जनाव रिजनाथ कुमार महतो, विस्फोटमा मृत्यु भएका राजेश्वरकी छोरी १९ वर्षीया अञ्जली साह र छोरा १५ वर्षीय प्रकाश साह घाइते भएका छन् । उनीहरुको धरानमा उपचार भइरहेको छ ।