पोखराको बृहत् शैक्षिक प्रदर्शनी सकियो

-


     मर्दी न्युज    
     मंसिर २८ गते २०७६ मा प्रकाशित


NPABSON-Mardi

पोखरा, २७ मंसीर । पोखरा महानगरपालिाकाका मेयर मानबहादुर जिसीले निजी विद्यालयको लगानी ग्यारेन्टी गर्न पोखरा महनगरपालिका तयार रहेको बताए छन् । सो कुरा राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल, कास्कीले आयोजना गरेको तेस्रो बृहत् शैक्षिक प्रदर्शनी तथा १३ औं लोकनृत्य प्रतियोगिताको समापन समारोहमा बताएका हुन् ।

समापन कार्यक्रममा बोल्दै मेयर जिसीले भने— ‘केन्द्र प्रदेश सरकारले के गर्छ ? त्यो मैले बोल्ने विषय होइन, महानगर पनि एउटा सरकार हो’ उनले भने,‘महानगरपालिका तपाईहरुले शैक्षिक क्षेत्रमा गरेको लगानी ग्यारेन्टी गर्न तयार छ ।’ उनले भर्खर नयाँ शिक्षा ऐन आएकोले महानगरपालिका र निजि विद्यालय बसेर ऐन कानुन बनाउन तयार रहेको स्पष्ट पारे ।
एन प्याव्सानका केन्द्रीय वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्रमोहन भट्टराईले एन प्याव्सान कास्की देशभरका शाखामा उत्कृष्ट कार्य गर्ने शाखाको रुपमा रहेको बताए ।

शैक्षिक प्रदर्शनीमा पूर्व प्राथमिक तह, गणित, विज्ञान तथा प्रविधि, सामाजिक अध्ययन, भाषा अंग्रेजी र नेपालीका विषयगत विधाहरू समावेश थिए । लोकनृत्य प्रतियोगितामा ३९ विद्यालय र शैक्षिक प्रदर्शनीमा ३१ विद्यालयका विद्यार्थीले सहभागिता जनाएका थिए । एन प्याब्सानमा कास्कीमा ४६ वटा विद्यालयका आवद्ध छन् ।
मंसिर २४ गतेदेखि ‘एनप्याब्सान कास्कीको ध्येय, विद्यार्थीको मौलिक सिर्जनालाई श्रेय’ भन्ने मूल नाराका साथ सुरु भएको शैक्षिक प्रदर्शनीतर्फ ओभरलमा गोर्खा इंङ्लिस बोर्डिङ स्कुल प्रथम, त्रिवेणी पब्लिक सेकेण्डरी स्कुल द्धितीय र अक्सफोर्ड स्कुल तृतीय भएका छन् ।

त्यसैगरी १३ औं लोकनृत्य प्रतियोगिता तर्फ राइजिङ स्टार एकेडेमी प्रथम, कास्की मोडनाइज्ड एकेडेमी द्धितीय, युनिभर्स इंङ्लिस बोर्डिङ स्कुल तृतीय र अल्फा एकेडेमी सान्त्वना भएका छन् ।
शैक्षिक प्रदर्शनीको विषयगत विधातर्फ पूर्व प्राथामिक तहमा त्रिवेणी पब्लिक सेकेण्डरी स्कुल प्रथम, हेम्जा बोर्डिङ स्कुल द्धितीय, गोर्खा इंङ्लिस बोर्डिङ स्कुल तृतीय र अञ्जुली बोर्डिङ स्कुल सान्त्वना भएका छन् ।
गणिततर्फ अक्सफोर्ड स्कुल प्रथम, त्रिवेणी पब्लिक सेकेण्डरी स्कुल द्धितीय, एलपी देवकोटा मेमोरियल स्कुल तृतीय र कास्की मोडनाइज्ड एकेडेमी सान्त्वना भएका छन् ।
विज्ञान तथा प्रविधितर्फ गोर्खा इंङ्लिस बोर्डिङ स्कुल प्रथम, अञ्जुली बोर्डिङ स्कुल द्धितीय, कास्की मोडनाइज्ड एकेडेमी तृतीय र सिद्धार्थ लवडेल बोर्डिङ स्कुल सान्त्वना भएका छन् ।
सामाजिक अध्यनतर्फ गोर्खा इंङ्लिस बोर्डिङ स्कुल प्रथम, मर्निड्डग्लोरी एकेडेमी द्धितीय, अक्सफोर्ड स्कुल तृतीय र कास्की मोडनाइज्ड एकेडेमी सान्त्वना भए ।
अंग्रेजी भाषातर्फ ज्ञानज्योति विद्याकुञ्ज मावि प्रथम, त्रिवेणी पब्लिक सेकेण्डरी स्कुल द्धितीय, डायमण्ड मोडेल स्कुल तृतीय र हेम्जा बोर्डिङ स्कुल सान्त्वना भए । प्रतियोगितामा विजयी विद्यालयले ट्रफी र प्रमाणपत्र दिइएको थियो ।
शिक्षण सिकाइमा नयाँ प्रविधिसँग प्रत्यक्ष साक्षात्कार गराई बालबालिकामा अन्तर्निहित सिर्जनशीलता जागृत गराउँदै भविष्यमा राष्ट्रका लागि आवश्यक जनशक्ति उत्पादन गराउन एन प्याव्सान कास्कीले एक वर्ष खेलकुद महोत्सव र एक वर्ष शैक्षिक प्रदर्शनी तथा लोक नृत्य प्रतियोगिता गर्दै आएको छ ।
एन प्याव्सान कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको समापन कार्यक्रम सचिव मनकाजी गुरुङ र सहसचिव प्रेमराज अधिकारीले संयुक्त रुपमा सञ्चालन गरेका थिए ।