पदम घले
भनिन्छ मानिससँग सीप र जाँगर छ भने विदेश जानु पर्दैन । स्वदेशमै केही न केही व्यवसाय गरी आफ्नो जीविकोपार्जन गर्न सकिन्छ । विदेश गएर दुःख पाउनु पर्दैन । यही नेपालमै कुनै न कुनै काम गरे पुग्छ । अहिले कामको प्रकृति धेरै छन् । जसमा सिलाई बुनाइ, महिला टुरिष्ट गाइड बनेर, कोही ब्युटीपार्लर सिकेर नेपालमै आफ्नो आर्थिक उन्नति गर्नेहरु पनि धेरै छन् । कृषि व्यवसाय त नेपालको मुख्य पेशा नै हो ।
धेरै महिलाहरु नेपालमै सीपमुलक काम गरेर एउटा सफल महिला व्यवसायी बनेको उदाहरण पनि छ । यस्तै सिर्जनसिल महिला हुन— इन्दु (इन्द्रकुमारी) गुरुङ । जो पोखरामा विगत बीस वर्षदेखि सेवामूलक काम गर्दै आइरहेका छन् । कामले काम सिकाउछ भनेझै रोजिना अफसेट प्रेसमा कम्पुटर टाइप सेटिङ र डिजाइनरको रुपमा कामको शुरुवात गरेका इन्दुले समयक्रमसँगै पोखरा नयाँबजारस्थित पत्रकार निर्मल शर्माको मेमोरी कम्युनिकेशन लिई सेवा सुरु गरिन् । यही कम्युनिकेसनबाट टुरिस्ट बस टिकट, स्वदेशी तथा विदेशी हवाईजहाज टिकट, एसटिडि आदि सेवा सञ्चालन गरिन् ।
त्यसका साथै उनले प्रिप्रसका कामहरु थेसिस टाइपिङ तथा बाइण्डिङ, पुस्तक बाइण्डिङ, लेमिनेसन, फोटोकपि सेवालाई अघि सारे । हाल आएर उनले कार, भ्यान, बस, मोटरबाइक आदिको डिजिटल नम्बर प्लेट राख्ने काम पनि स्वयम् आफै गर्छिन् । उनलाई नचिन्ने कमै छन् । त्यसैले उनलाई काम भ्याइ नभ्याई हुन्छ । उनी ग्राफिक्सि डिजाइनमा पनि दख्खल राख्छिन् । अहिले आप्mनो श्रीमान्ले पनि उनलाई यो व्यवसायमा सघाएको छ ।
पर्वत भोगसिङ देउरालीमा जन्मीएकी इन्दुले प्रमाणपत्र तहसम्म अध्ययन गरेकी छिन् ।