उपेन्द्र यादवको राजीनामा

-


     मर्दी न्युज    
     पुस ८ गते २०७६ मा प्रकाशित


Mardi News

काठमाडौं । उपप्रधानमन्त्री एवम् कानुन, न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादवले आप्mनो पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएका हुन् ।
सोमबारको मन्त्रिपरिषद्मा आफूले पेश गरेको संविधान संशोधन प्रस्ताव प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेपछि मंगलबार दिउँसो यादवले राजीनामा दिएका हुन् ।

समाजवादी पार्टीका अध्यक्षसमेत रहेका यादवले तत्कालीन संघीय समाजवादीसँग रहेको सहमतिबाट सत्तारुढ दल नेकपा पछि हटेको भन्दै राजीनामा दिएका हुन् ।

संविधान संशोधनका लागि आफूले पुस ७ को मन्त्रिपरिषद्मा लगेको प्रस्ताव प्रधानमन्त्रीले अस्वीकार गरेकाले आफ्नो पार्टीसँग नेकपाले गरेको दुई बुँदे सहमति तोडिएको भन्दै उनले राजीनामा दिएको उनको राजीनामा पत्रमा उल्लेख गरिएको छ ।