
नुर सुल्तान । मध्य एसियाली मुलुक कजाकस्तानमा शुक्रबार बिहान एक यात्रुवाहक जहाज दुर्घटनामा परेको छ । स्थानीय समयअनुसार ७ः२२ बजे सो दुर्घटना भएको हो ।
बेक एयरको फ्लाइट नम्बर जे ९२१०० को जहाज अल्माटी विमानस्थलबाट उडेको केहीबेरमै बारमा ठोक्किएको थियो । त्यसपछि दुई तले घरमा बजारिएको जहाज टुक्राटुक्रा भएको छ ।
राजधानी नुरसुल्तानका लागि उडेको जहाजमा ९५ यात्रु र पाँच चालक दलका सदस्य थिए । दुर्घटनामा परी नौ जनाको मृत्यु भएको पुष्टि भएको छ भने जीवितहरूको उद्धार प्रयास जारी रहेको छ । यसको विस्तृत विवरण भने आउन बाँकी नै छ । एजेन्सीको सहयोगमा