
पोखरा । तमु प्ये ल्हु संघ पोखराले हङकङ शाखाले आयोजना गरेको च्यु ल्होसार कार्यक्रममा प्रमुख अतिथि तथा प्रतिनिधित्वको लागि जानेहरुलाई विदाई गरेको छ ।
संघको केन्द्रीय अध्यक्ष हितकाजी टु तमुको नेतृत्वमा ५ जनाको समूहलाई आज शुक्रबार एक कार्यक्रम गरी विदाइ गरे । संस्थाको कार्यवाहक अध्यक्ष एवम् वरिष्ठ उपाध्यक्ष आइबहादुर ल्हेंगे तमुलगायत केन्द्रीय पदाधिकारीहरुले उनीहरुलाई विदाई गरेको हो ।
उक्त समूह भोलि बिहान पोखराबाट हङकङको लागि प्रस्थान गर्दैछ ।
तमु प्ये ल्हु संघ हङकङ शाखाले आयोजना गरेको च्यु ल्होसार कार्यक्रममा सहभागिताको लागि पच्यु जीवन ल्हेंगे, क्ल्हेप्रीको प्रतिनिधित्व गर्दै चिजकाजी टु क्ल्हेपी तथा वोन्पो लम केन्द्रीय समितिका अध्यक्ष गंगा लम तमु सहभागी छन् । त्यसैगरी सोही समूहमा पूर्ण कुब्जें तमु पनि सहभागी हुन भोलि त्यसतर्फ प्रस्थान गर्दैछ ।