कास्कीमा ६३ प्रतिशत मत खस्यो, अघिल्लो चुनावमा भन्दा कम

-


     मर्दी न्युज    
     १५ मंसिर २०७६ मा प्रकाशित


१४ मंसिर, पोखरा । प्रतिनिधिसभाको एक मात्र उपचुनाव भएको कास्की २ नं. क्षेत्रमा ६३.४० प्रतिशत मत खसेको कास्की जिल्ला निर्वाचन आयोगले जनाएको छ ।

कुल मतदाता संख्या ७१ हजार ८ सय ७१ रहेकोमा जम्मा ४५ हजार ५ सय ६३ मत मात्र खसेको हो । यस निर्वाचनमा २० हजार ७ सय ८४ जना पुरुष र २४ हजार ७ सय ७९ जना महिलाले मतदान गरेको जिल्ला निर्वाचन सूचना अधिकारी रुद्र न्यौपानेले बताए ।
प्रधिनिसिभाको उपनिर्वाचन भएको देशकै एक मात्र यो निर्वाच क्षेत्रमा गत निर्वाचनमा भन्दा कम प्रतिशत मत खसेको छ ।

बिहान मतदान अघि कास्कीका विभिन्न ४ ठाउँमा मतदान स्थलमा फरक फरक समयमा बम विस्फोट भएको थियो । बिहान ७ बजेदेखि नै निर्वाचन शुरु भएपछि यसपटक बिहान सहभागीको संख्या उत्साहपूर्ण भने थिएन । यो निर्वाचन क्षेत्रमा ११ वडा छन् भने ३२ मतदान स्थलका ८२ मतदान केन्द्रमध्ये अधिकांशमा शान्तिपूर्ण रुपमा मतदान भयो । पोखरा महानगरपालिका १६ को दीप चण्डिका मतदान स्थल, पोखरा– ३३ भरतपोखरीस्थित शान्ति उदय मावि, पोखरा १६ स्थित शान्ति मावि जुम्लेटी मतदान स्थलमा नजिकै बम बिस्फोट भएको थियो भने पोखरा ९ नयाँबजारको नवप्रभाव माविको मतदानस्थलभित्रै बिस्फोट भएको थियो ।



Tags: