कास्की २ मा ३० हजार मत गन्दा विद्या साढे ८ हजारले अगाडि

-


     मर्दी न्युज    
     १५ मंसिर २०७६ मा प्रकाशित


Mardi

पोखरा । कास्की २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा नेकपा उम्मेदवार विद्या भट्टराई अधिकारीले ८ हजार ५ सय ३६ मतान्तरले अग्रता लिएकी छन् ।

यो मतान्तर २०७४ सालमा रवीन्द्र अधिकारीले जिते बराबरकै मतान्तर हो । अघिल्लो निर्वाचन रवीन्द्रले कांग्रेस उम्मेदवार देवराज चालिसेलाई ८ हजार ५ सय ४६ मतान्तरले विजय हासिल गरेका थिए ।

नेकपा उम्मेदवार विद्याले २० हजार ७ सय ९७ मत ल्याउँदा कांग्रेस उम्मेदवार खेमराज पौडेलले १२ हजार २ सय ६१ मत ल्याएका छन् । ७१ हजार ८ सय ७१ मतदाता रहेको कास्की क्षेत्र नम्बर २ मा ४५ हजार ५ सय ६३ मात्र खसेको थियो ।