
पोखरा । प्रतिनिधिसभाको एक मात्र उपचुनाव भएको कास्की २ मा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की उमेदवार विद्या भट्टराईको जित सुनिश्चित भएको छ ।
उनले अब गणना गर्न बाँकी ८ हजार ४ सय ३१ मत रहँदा विद्याले आठ हजार ५ सय ३६ मतको अग्रता भएकोले उनको जित सुनिश्चि भएको हो । अब तीनवटा वडा ४, ७ र ८ को मत गन्न बाँकी छ ।

कास्की – २ मा ६३.४० प्रतिशत अर्थात ४५ हजार ५ सय ६३ मत खसेको थियो । कुल ७१ हजार ८ सय ७१ मतदाता रहेको कास्कीमा २० हजार ७ सय ८४ पुरुष र २४ हजार ७ सय ७९ महिलाले मतदान गरेका छन् ।
तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीको निधन भएपछि रिक्त रहेको कास्की २ मा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीबाट रविन्द्रपत्नी विद्या भट्टराई अधिकारी, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबाट खेमराज पौडेललगायतका २१ जना उमेदवारले प्रतिस्पर्धा गरेका थिए ।