
फोटो फिचर

२३ मंसिर, चिरुवा, स्याङ्जा । रिच फर नेपाल फाउण्डेसन तथा क्यानबेरा युनिभर्सिटी अष्ट्रेलियाको सहयोग तथा नेपाल एड्भेन्चरको आयोजनामा चिरुवास्थित बराह गुठी आधाभूत विद्यालयका विद्यार्थीहरुलाई किताब, झोला, कापी, कलम वितरण गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं. २ मा रहेको सो विद्यालयका निम्न आय भएका विद्यार्थीहरुलाई सोमबार न्यानो कपडा र स्कुललाई डष्टविन समेत वितरण गरेको छ ।

क्यानबेरा युनिभर्सिटीबाट आएको समूहले अभिभावकसँग विद्यार्थीको शिक्षा, स्वास्थ्यलगायत विषयमा अन्तरक्रिया गरेका थिए । त्यसैगरी विद्यार्थीहरुलाई खेलकुदमा सहभागी गराउँदै शिक्षा र स्वस्थ रहन तालिम दिइएको थियो । उनीहरुले विद्यालयको सरसफाई गर्नुका साथै आधुनिक पढाइ पद्दतिको लागि कक्षा काठोमा रङरोगन गरी बालबालिकाको पढाइसँग सम्बन्धित चित्रहरु कोरेका छन् ।

तीन वर्षसम्म क्यानबेरा युनिभर्सिटीले बराह गुठी आधारभूत विद्यालयलाई शिक्षा, स्वास्थ्यसम्बन्धी तालिम दिनुका साथै स्कुल मर्मत सम्भार गर्ने पनि जनाइएको छ ।

क्यानबेरा युनिभर्सिटीका प्राध्यापक, विद्यार्थीलगायत १० जनाको समूहले ४ दिनसम्म विद्यालयमा स्वास्थ्य र शिक्षासम्बन्धी तालिम दिइएका थिए । स्थानीयले उनीहरुलाई फूलमालाले स्वागत गरेका थिए । रिच फर नेपाल फाउण्डेसनले क्यानबेरा युनिभर्सिटीसँग समन्वय गर्दै आइरहेको छ ।

चिरुवा गाउँ मिलेनियम पदमार्ग अन्तर्गत पर्दछ ।
तस्विरमा हेरौं चिरुवाबाट देखिने हिमश्रृंङ्खला लगायत अन्य गतिविधिहरुः
