
पोखरा, १७ पुस । आगामी तीन दिन नेपालको हिमाली तथा उच्च पहाडी भूभागमा हिमपात र वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आगामी शनिवारसम्म मौसम बदली रहने विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।
बिहीबार साँझ ६ बजे प्रकाशित मौसम पूर्वानुमान बुलेटिनमा महाशाखाले शुक्रवार र शनिवारसम्म मध्यमदेखि भारी हिमपात र वर्ष हुने जनाइएको छ ।
आगमी तीन दिनको मौसम पूर्वानुमान
मौसम विश्लेषण) ः
हाल नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव देखिएको छ ।
मौसमको अवस्था ः
हाल देशभर सामान्य बदली रहेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
पौष १७ गते (बिहिबार)
राती ः देशभर सामान्य बदली रहि केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको देखिन्छ । उच्च पहाडि तथा हिमालि भु–भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना देखिन्छ ।
पौष १८ गते (शुक्रबार)
दिउँसोः देशभर सामान्य बदली रहि उच्च पहाडि तथा हिमालि भु(भागमा मध्यमदेखि भारी हिमपात र पहाडि तथा तराईका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ ।
राती ः देशभर सामान्य बदली रहि उच्च पहाडि तथा हिमालि भु–भागमा मध्यमदेखि भारी हिमपात र पहाडि तथा तराईका केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ ।
पौष १९ गते (शनिबार)
दिउँसो ः देशभर सामान्य बदली रहि उच्च पहाडि तथा हिमालि भु–भागमा हल्कादेखि मध्यम हिमपात र पहाडि तथा तराईका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ ।
राती ः देशभर सामान्य बदली रहि उच्च पहाडि तथा हिमालि भु(भागमा मध्यम देखि भारी हिमपात र पहाडि तथा तराईका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श ः
मौसम बदलि संगै वर्षा र हिमपातको संभावना रहेको र चिसो रही रहने हुनाले सतर्कता अपनाउन अनुरोध छ ।