
सांकेतिक तस्विर
काठमाडौं, १८ पुस । काठमाडौंको असनमा एउटा घरमा साँझपख आगलागी भएको छ । शुक्रबार साँझ करिब साढे ६ बजे असनको केलटोलको एक घरको चौथो तलाबाट आगो फैलिएपछि आगो निभाउन ४ वटा दमकल पुगेको छ ।
यहाँको एक पुरानो घरमा आगलागी भएको र अरु घरमा पनि फैलिने खतरा बढेको छ ।
महानगरीय प्रहरी वृत्त जनसेवाका अनुसार काठमाडौं महानगरपालिकाको ३ वटा, ललितपुर महानगरपालिकाको एउटा दमकल र एउटा पानी बोक्ने ट्याङ्करले अहिले आगो निभाइरहेका छन् । आगलागी कसरी सुरु भयो र कति क्षति भयो भन्ने जानकारी आइनसकेको प्रहरीले जनाएको छ ।