गण्डकी प्रदेशबाट श्रेष्ठ र न्यौपानेको उम्मेदवारी दर्ता

-


     मर्दी न्युज    
     २० पुस २०७६ मा प्रकाशित


Mardi News

पोखरा, २० पुस । आगामी माघ ९ गते हुने राष्ट्रियसभाको चुनावका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पोखराबाट उम्मेदवार दर्ता गराएका छन् ।

केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेतको प्रस्ताव र प्रदेश सभासदस्य दिलमाया रोकाको समर्थनमा श्रेष्ठले उम्मेदवारी दर्ता गराएका हुन् । श्रेष्ठ नेकपा पार्टी प्रवक्तासमेत हुन् ।
यस्तै नेकपाबाट भगवती न्यौपानेले पनि उम्मेदवारी दर्ता गराएकी छन् । न्यौपानेको प्रस्तावकमा नेकपा स्थायी समिति सदस्य तथा गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङ र समर्थकमा पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङ रहेकी छन् ।

श्रेष्ठ र न्यौपानेलाई नेकपाले गण्डकी प्रदेशबाट प्रदेशसभा सदस्यका लागि उम्मेदवार चयन गरेको थियो ।