पोखरा, २० पुस । गत सेप्टेम्बरदेखि फैलिएको डढेलो कारण अस्ट्रेलियामा कयौँ वन्यजन्तु मरेको खबर प्राप्त भएका छन् । घना जंगल, झरेका पात, सुकेका रुख तथा तीब्र गतिको हावाका कारण आगो अनियन्त्रित भएको हो । आगलागी अहिलेसम्म नियन्त्रणमा आउन सकिरहेको छैन ।
अस्ट्रेलिया यतिबेला वातावरणीय संकटमा गुज्रिएको छ । तीन महिनादेखि लागेको डढेलोका करण सयौं घरबारविहीन भए । निरन्तरको डढेलोका कारण ५० करोड वन्यजन्तुहरु मारिएको त्यहाँस्थित इकोलोजिस्टहरुले दाबी गरिरहेका छन् । डढेलोका कारण त्यहाँका संरक्षित एवं लोपन्मुख वन्यजन्तुहरु विनाशको अवस्थामा पुगेको उनीहरुले बताएका छन् ।
गाइवस्तुसँगै जंगलमा रहेका हजारौं कंगारु तथा अन्य जनावर डढेलोले सखाप बनाएको तथ्य हालै सार्वजनिक भएको छ ।
आगलागीका कारण धेरै प्रजातिहरुको मासिने खतरा बढेको भन्दै इकोलोजिस्टहरुले चिन्ता प्रकट गरेका छन् । सिड्नी विश्वविद्यालयमा इकोलजीका प्राध्यापक क्रिस डिकम्यानले साउथ वेल्समा मात्रै ४० करोड ८० लाख वन्यजन्तुहरु मारिएको दाबी गरेका छन् । जसमा स्तनधारी, चराचुरुंगी र सरीसृप जीवहरु छन् । यसमा भ्यागुता, चमेरा, किरा जस्ता अन्य जीवहरुको संख्या जोडिएको छैन ।
अस्ट्रेलियमा मात्र २४४ प्रजातिका वन्यजन्तुहरु पाइन्छन् । डिकम्यानका अनुसार २ सय वर्षको अवधिमा अस्ट्रेलियमा मात्रै करिब ३४ प्रजातिका रैथाने स्तनधारी जीवहरु हराइसकेको उनले शुक्राबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
अहिले पनि न्यु साउथवेल्स राज्यको एक सय ४६ स्थानमा डढेलो लागिरहेको छ भने कयैन बस्तीहरु आगलागीका कारण सखाप भएका छन् । निरन्तर डढेलो र धुवाँले अस्ट्रेलियाकै वातावरण बिग्रिएको छ ।
अहिले राजधानी क्यानबेरालगायतका सिड्नी, मेलवर्नजस्ता शहरको हावा निकै प्रदुषित रहेको विशेषज्ञहरुले बताएका छन् । डढेलोले अस्ट्रेलियाको करिब ५९ लाख हेक्टर क्षेत्रफलमा प्रभाव पारेको विज्ञहरुले बताएको छ ।
आगलागीका कारण २३ जना अस्ट्रेलियानले ज्यान गुमाइसकेका छन् भने दुई हजार ६ सय घरहरु नष्ट भएको बताइएका छन् । एजेन्सीको सहयोगमा