जनही एक हजार तिरेर छुटे चिनियाँ नागरिक

-


     मर्दी न्युज    
     २० पुस २०७६ मा प्रकाशित


Mardi News

काठमाडौं, २० पुस । काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ परेका १ सय २२ जना चिनियाँ नागरिकलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले १÷१ हजार जरिवाना तिरेर रिहा गरेको छ ।

पुस ७ गते मनैमैजु, बाँसबारी र बुढानिलकण्ठका १० वटा घरमा छापा मारेर प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।

आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंले अभद्र व्यवहार गरेको कसुरमा उनीविरूद्धको अनुसन्धान प्रतिवेदन सरकारी वकिलमार्फत जिल्ला प्रशासन कार्यालयमा पेश गरेको थियो ।

सो कसुरमा प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जनहीँ एक हजार रूपैयाँ जरिवाना हुने फैसला गरेका थिए ।

उनीहरूले एक हजार रूपैयाँ तिरेपछि प्रहरीले चिनियाँलाई थुनामुक्त गरेको छ । उनीहरूलाई अध्यागमन विभागमा बुझाउने तयारी थालिएको परिसरले जनाएको छ । उनीहरुलाई सोमबार अध्यागमन विभागको जिम्मा लगाइने बताइएको छ ।