औद्योगिक व्यापार मेलाका लागि प्रभातफेरी (फोटो फिचर)

-


     मर्दी न्युज    
     पुस २१ गते २०७६ मा प्रकाशित


Mardi News

पोखरा, २१ पुस । पोखराको नयाँबजारमा ‘समृद्धि स्टिल्स औद्योगिक व्यापार मेला’ जारी रहेको छ । मेलाको चौथो दिन सोमवार प्रभातफेरी कार्यक्रमको आयोजना ग¥यो । मेला उद्घाटनका दिनको लागि तय भएको प्रभातफेरी वर्षाका कारण स्थगित भएको थियो ।

सोमबार संघको सचिवालय गैह्रापाटनबाट बिहान ११ बजे शुरु भइ मेला स्थल प्रदर्शनी केन्द्रमा आएर प्रभातफेरी समापन भयो । प्रभातफेरीमा सरिक हुन आमा समूहहरु, टोल विकास संस्था, वस्तुगत संघ तथा संघका सदस्यहरु सहभागी थिए । प्रभातफेरीमा सहभागि टोलीलाई विशेष उपहारको समेत व्यवस्था गरिएको संघका महासचिव अर्जुन पोखरेलले बताए । संघले आयोजना गरेका प्रभातफेरीका केही तस्विरहरुः