देशभर मौसम बदलीः वर्षा र हिमपातको सम्भावना

-


     मर्दी न्युज    
     २३ पुस २०७६ मा प्रकाशित


Mardi News

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशैभरीको मौसम परिवर्तन हुनेछ ।
मौसमको अवस्थाः
देशका पश्चिमी भू–भागहरुमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू–भागहरूमा आंशिक देखि सामान्य बदली रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
पौष २३ गते (बुधबार)
दिउँसो ः देशभर सामान्य देखि पूर्ण बदली रही पश्चिम र मध्यका केहि स्थानहरुमा हल्का देखि मध्यम बर्षाको संभावना छ । पूर्वी भू–भागमा हल्का बर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा मध्यम देखि भारी हिमपात हुने सम्भावना रहेको छ ।
रातीः देशभर सामान्य बदली रही पश्चिमका केही स्थानहरुमा र मध्य र पूर्वका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा मध्यम देखि भारी हिमपात हुने सम्भावना रहेको छ ।

पौष २४ गते (बिहीबार)
दिउँसो स् देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा मध्यम देखि भारी हिमपात हुने सम्भावना रहेको छ ।
रातीः देशको मध्य तथा पूर्वी भु–भागमा सामान्य बदली तथा पश्चिमका भू–भागमा आंशिक बदलि रही पश्चिमका एक(दुई स्थानहरुमा साथै मध्य र पूर्वका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना छ ।

पौष २५ गते (शुक्रबार)
दिउँसो ः देशका पूर्वी र मध्य पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । मध्य र पूर्वी पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको संभावना छ ।
रातीः देशभर मौसम सामान्यतया सफा रहनेछ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्शः
देशका केहि स्थानहरूमा वर्षारहिमपातको संभावना रहेको र यसकै कारण जाडो बढ्ने हुनाले चिसोबाट जोगिने उपाय अपनाउनुहुन सबैमा महाशाखाले अनुरोध गरेको छ ।