‘तीन घण्टे परीक्षा प्रणालीले विद्यार्थी योग्यताको सही मूल्याङ्कन गर्न सक्छ कि सक्दैन?’— मन्त्री गुरुङ

-


     मर्दी न्युज    
     २४ पुस २०७६ मा प्रकाशित


Mardi News

फोटोः खेमबहादुर गुरुङ

पोखरा, २४ पुस । तीन घण्टे परीक्षा प्रणालीले विद्यार्थी योग्यताको सही मूल्याङ्कन गर्न सक्छ कि सक्दैन? बहसको विषय बनाउन आवश्यक रहेको बताए । सो कुरा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले बिहीबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)को ३० औं दिवसको सन्दर्भमा आयोजित सम्मान समारोहमा बताएका हुन् ।

२० वर्ष निरन्तर सेवा पु¥याउने शिक्षक–शिक्षिका र कर्मचारीलाई सम्मान कार्यक्रममा बोल्दै मन्त्री गुरुङले विद्यार्थीको योग्यता र क्षमतालाई ३ घण्टे परीक्षा प्रणालीले सही मूल्याङ्कन गर्न सक्छ कि सक्दैन ? यसबारे शिक्षाविद्हरुले सोच्नुपर्ने उनले बताए । उनले भने– ‘विद्यार्थीले परीक्षामा प्रश्नको उत्तर जान्दाजान्दै पनि लेख्न सकेन भने, राम्रो अङ्क ल्याउन सकने भने प्रमाणपत्रलाई हेरेर राम्रो नराम्रो भन्न कति उचित हुन्छ ?’

मन्त्री गुरुङले समुदायको अपनत्वको लागि विद्यालय समुदायलाई हस्तान्तरण गरेपनि राम्रो हुन नसकेको बताए । समुदायमा हस्तान्तरण गरेको वन राम्रोसँग सञ्चालन भएता पनि शिक्षा क्षेत्र समुदायले सञ्चालन गरेकोमा सन्तुष्ट हुन नसकेको बताए ।

मन्त्री गुरुङले विद्यालयका प्रधानाध्यापक प्रधानाध्यापक मात्र नभई व्यवस्थापक पनि भएको बताए । उनले भने– ‘विद्यार्थीले कसरी अध्ययन गरिरहेको छ, घरमा पढ्ने वातावरण छ कि छैन, विद्यार्थीको क्षमताअनुसार पढाई गरिरहेको छ कि छैन ? प्रधानाध्यापकले हेर्नुपर्छ ।’ शिक्षालाई राजनीतिबाट मुक्त गर्ने भनिएता पनि समुदायिक विद्यालयमा पढाउने शिक्षकहरु राजनीतिबाट टाढा नरहेको पनि उनले बताए ।

प्याब्सन दिवसको अवसरमा २० वर्ष निरन्तर सेवा पु¥याउने शिक्षक–शिक्षिका र कर्मचारीलाई दीर्घसेवा सम्मान गरिएको थियो । प्याब्सनमा आबद्ध १५ वटा विद्यालयका २१ जना शिक्षक–शिक्षिकासहित लेखापाल तथा कर्मचारी गरी २७ जनालाई दीर्घसेवा सम्मान गरिएको थियो ।

त्यसैगरी २०७५ सालको एसईई परीक्षामा सर्वोत्कृष्ट जिपिए प्राप्त गर्न सफल ४ जना छात्रछात्रालाई सम्मान गरिएको थियो । प्याब्सन कास्कीका अध्यक्ष प्रेमप्रसाद शर्मा सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा ३० औं प्याब्सन दिवस समारोहका संयोजक मथुराप्रसाद पौडेलले स्वागत मन्तव्य राखेका थिए ।