माघ १ गते गण्डकी प्रदेशमा सार्वजनिक विदा

-


     मर्दी न्युज    
     २५ पुस २०७६ मा प्रकाशित


Mardi News

पोखरा, २५ पुस । गण्डकी प्रदेशमा माघ १ गते सार्वजनिक विदा हुने भएको छ । माघे संक्रान्ति पर्वको अवसरमा गण्डकी प्रदेश सरकारले माघे १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को पुस २४ गते बिहीबार बसेको बैठकले गण्डकी प्रदेशमा माघ १ गते सार्वजनिक विदा दिने निर्णय गरेको सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए । मन्त्रिपरिषद् बैठकको निर्णय शुक्रवार सार्वजनिक गर्दै प्रवक्ता बस्नेतले बैठकले उक्त विदाको निर्णय सहित विभिन्न ८ वटा निर्णय गरेको बताए ।

मन्त्रिपरिषद्को बैठकबाट प्रदेश दुग्ध विकास बोर्डको सदस्यसचिव नियुक्त गर्ने, कर्मचारीको पदस्थापन तथा सरूवासम्बन्धी मापदण्ड २०७६ स्वीकृत गर्ने, प्रदेश समन्वय परिषद्को बैठक खर्चको रकमान्तर स्वीकृत र खर्च गर्ने, होम स्टे संचालनसम्बन्धी विधेयक तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति दिने लगायतका निर्णय भएको प्रवक्ता बस्नेतले जनाए ।

गण्डकी प्रदेशमा प्राविधिकतर्फ स्वास्थ्यका बाहेक अन्य सबै क्षेत्रमा आवश्यक कर्मचारी पुगेको जानकारी दिँदै मन्त्री बस्नेतले भने, केही कर्मचारी लोकसेवा आयोगबाट नियुक्ति हुनेछन् भने केही आन्तरिक तवरबाट पदपूर्ति गरिने छ ।