मन्त्री ढकाल र बास्कोटालाई थप मन्त्रालयको जिम्मेवारी

-


     मर्दी न्युज    
     २५ पुस २०७६ मा प्रकाशित


Mardi News

काठमाडौं, २५ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई कानून, न्याय तथा संसदीय मामिला र सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटालाई सहरी विकास मन्त्रालयको जिम्मेवारी तोकेकी छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार प्रधानमन्त्रीको सिफारिसमा बाँस्कोटालाई सहरी विकास मन्त्रालय र ढकाललाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पुस ८ गते समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि यी दुई मन्त्रालय प्रधानमन्त्री ओली स्वयंले सम्हाल्दै आएका थिए । उपेन्द्र यादवले उपप्रधानमन्त्री, स्वास्थ्य तथा जनसंख्या र मोहम्मद इश्तियाक राईले सहरी विकास सम्हाल्दै आएका थिए ।