
काठमाडौं, २६ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपसभामुख शिवमाया तुम्बाहाङफेलाई पदबाट राजीनामा गराउने निर्णय गरेको छ ।
शनिबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले उपसभामुख तुम्बाहाङफेलाई राजीनामा गर्न लगाउने निर्णय गरेको हो ।
नेकपाबाट उपसभामुख बनेकी शिवमायालाई राजीनामा गराएर सभामुख निर्वाचन प्रक्रिया अगाडि बढाउने गरी निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
सचिवालय बैठकले कसलाई सभामुखको उम्मेदवार बनाउने भन्नेबारे भने कुनै निर्णय गरेको छैन ।