प्रदेश ३ को स्थायी राजधानी हेटौँडा

-


     मर्दी न्युज    
     २७ पुस २०७६ मा प्रकाशित


Mardi News

काठमाडौँ, २७ पुस । प्रदेश नं. ३ को राजधानी हेटौंडा तोकिएको छ । आइतबार बसेको प्रदेश न..३ को प्रदेशसभा बैठकले दुई तिहाइ मतका साथ स्थायी राजधानी हेटौंडा नै कायम गर्ने प्रस्ताव पास गरेको हो ।
प्रदेशसभामा स्थायी राजधानी हेटौंडा तोकियोस् भन्ने मुख्यमन्त्री डोरमणि पौडेलले राखेको प्रस्ताव बहुमतले स्वीकृत भएको सभामुख सानुकुमार श्रेष्ठले घोषणा गरे । प्रस्तावको पक्षमा १ सय ५ र विपक्षमा ३ मत परेको छ ।
हेटौंडालाई स्थायी प्रदेश राजधानी बनाउनुपर्ने प्रस्ताव मुख्यमन्त्री एवं नेकपा नेता पौडेलले शनिबार दर्ता गरेका थिए । प्रमुख विपक्षी नेपाली कांग्रेसँगै राप्रपा, राप्रपा संयुक्त र नेमकिपाले पनि समर्थन गरेका थिए ।
यसअघि हेटौंडा प्रदेश ३ को अस्थायी राजधानी थियो ।
प्रदेशको नाम वागमती राख्न सहमत भएको विवेकशील साझा पार्टीले भने स्थायी राजधानी काभ्रेको धुलिखेल प्रस्ताव गरेको थियो । तर धुलिखेललाई राजधानी बनाउने प्रस्ताव प्रदेशसभाले अस्वीकृत गरेको छ ।