
पोखरा, २ माघ । पश्चिमी न्यून चापीय प्रणाली पुनः नेपाल प्रवेश गरेको छ । बुधबार साँझबाट नेपाल प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीका कारण बुधबार रातिदेखि मौसममा बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशको पश्चिमी, मध्य र पुर्वी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली भई १–२ स्थानहरुमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महशाखाले जनाएको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
माघ २ गते (बिहिबार)
दिउँसो ः देशको मध्य तथा पश्चिमी भू–भाग लगायत पुर्वी पहाडी भू्–भागमा सामान्य बदली रहि बाँकि भू्–भागमा आंशिक बदली रहनेछ । मध्य तथा पश्चिमी भू–भागका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने देखीन्छ भने पश्चिमी तथा मध्यका उच्च पहाडी र हिमाली भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
रातीः देशको मध्य तथा पश्चिमी भू–भागमा सामान्य देखि पुर्ण बदली रही पुर्वी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ । मध्य तथा पश्चिमका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने देखिन्छ भने पुर्वी पहाडी भू–भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको । मध्य तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केहि स्थानहरुमा भारी हिमपातको सम्भावना रहेको छ भने पूर्वका उच्च पहाडी तथा हिमाली भेगमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ
माघ ३ गते (शुक्रबार)
दिउँसो ः देशको मध्य तथा पुर्वी भू–भागमा सामान्य देखि पुर्ण बदली रहनेछ साथै पश्चिमी भू–भागमा आंसिक देखि सामान्य बदली रहनेछ । देशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको।मध्य तथा पुर्वी उच्च पहाडी तथा हिमाली भेगका केहि स्थानहरुमा भारी हिमपातको सम्भावना रहेको छ भने पश्चिमि उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ
रातीः देशभर आंशिक देखी सामान्य बदलि रहनेछ। देशका थोरै स्थानहरुमा हल्का बर्षा हुने देखिन्छ भने उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानहरुमा हल्का हिमपातको संभाबना रहिको छ।
माघ ४ गते (शनिबार)
दिउँसो ः देशको पश्चिमी भू्–भागमा सामान्य बदली रहि बाँकि भू्–भागमा आंशिक बदली रहनेछ । पश्चिमी भू–भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने देखीन्छ भने पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
रातीः देशभर आंशिक बदलि भइ देशका एक दुइ स्थानमा हल्का बर्षा हुन सक्ने संभाबना रहेको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशका पहाडी भू–भागमा हल्का देखि मध्यम वर्षा साथै मध्य र पश्चिमका उच्च पहाडी तथा हिमाली भेगमा मध्यम देखि भारि हिमपातको सम्भावना रहेकोले उच्च पहाडी तथा हिमाली भेगमा चिसोबाट बच्नु हुन सर्वसाधारण जनताहरुलाई महाशाखाले अनुरोध गरेकोछ ।