
पोखरा, ४ माघ । बिहीबार र शुक्रबार अत्यधिक हिउँ परेपछि विश्वकै चर्चित अन्नपूर्ण बेस्क्याम्प पुगेका चार पर्यटक र दुई नेपाली हराएका छन्। अन्नपूर्ण आधार शिविर पदमार्गको देउराली नजिकको हिउँपहिरोमा परी हराइरहेका बिदेशी पर्यटनक तथा गाइड अनि सहयोगीहरुको उद्दार कार्य जारी छ ।
हराईरहेका कोरियन नागरिकहरु (१)लि मीन सु (२)किम सुक जा (३)जियोङ्ग पिल (४) बोङ चोइ ह्यो छन भने नेपाली गाइड / सहयोगी छिरिङ्ग भोटे र मिनबहादुर लामा रहेका छन ! कोरियाली नागरिकहरु काठमाडौं मा रहेको पिक गाइड नेपाल ट्रेक नामक कम्पनीबाट गएको बुझिन आएको छ । हिजो बेलुकी नै टान पोखरा , युनिट्राभ गण्डकी प्रदेश , पर्यटन प्रहरी पोखराको खोज तथा उद्दार गर्ने टोलि सिनुवा पुगेर बास बसेको तथा आज बिहानै घटना स्थल पुगेको जानकारी पनि प्राप्त भएको छ । कोरियन दूतावासको तर्फबाट एउटा हेलिकप्टर उद्दरको लागी देउराली पुगेको खबर प्राप्त भएको छ ।