पोखरा, ५ माघ । जिल्ला प्रहरी कार्यालय कास्कीको भवनको सिलान्यास प्रहरी महानिरीक्षक सर्बेन्द्र खनाल तथा पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले संयुक्त रुपमा गर्नुभयो ।
कास्की जिल्ला प्रहरी परिसरमा निर्माण हुने भवनको आइतबार वैदिक मन्त्रोच्चारण र पाठसहित सिलान्यास गरिएको हो ।
पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसिले संघीयताको मर्मअनुसार विकासको गति अगाडि बढिरहेको बताउँदै जनताको सुरक्षालाई चुस्त दुरुस्त बनाउन आफुहरु हातेमालो गर्न तयार रहेको कुरा बताउनु भयो ।
यसै गरी प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले वडा प्रहरी कार्यालय वैदामको भवन पनि आजै सिलान्यास गर्नुभयो ।
सिलान्यास कार्यक्रममा पोखरा महानगरपालिकाका वडा नं. ६ का वडाअध्यक्ष जगतबहादुर पहारीले शान्ति, सुरक्षा र अमनचैन कायम राख्न अहोरात्र खट्ने प्रहरीको लागि भौतिक संरचना निर्माण गर्नु आवश्यक रहेको बताउनुभयो । उहाँले वडा प्रहरीलाई आफूहरुले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पु¥याउँदै आएको पनि बताउनुभयो । त्यसैगरी पोखरा पर्यटन परिषद्का उपाध्यक्ष गोपी भट्टराईले स्मार्ट प्रहरीको अपेक्षा गरेको बताउनुभयो ।
गण्डकी प्रदेशका सांसद राजीव पहारी, गण्डकी प्रहरी प्रमुख विनोद शर्मा घिमिरेलगायतका वक्ताहरुले सिलान्यास कार्यक्रममा गण्डकी प्रदेशको शान्ति सुरक्षाको बारेमा बोल्नु भएको थियो ।